बागलुङ, २६ चैत – ताराखोला गाउँपालिका भित्रका प्रेस सेन्टरसंग निकट सन्चार कर्मीहरुको भेला शुक्रबार ताराखोला सम्पन्न भएको छ ।
भेलाले पूर्णभद्र निउरेको अध्यक्षतामा १ सदस्य पछि थप्ने गरि १७ सदस्यीय प्रेस सेन्टर नेपाल ताराखोला गाउपालिकाको गठन गरेको छ । समितिको उपाध्यक्षमा सुमित्रा सुनार, सचिब शान्त खत्री मौसम, सहसचिव सबिता खत्री र कोषाध्यक्षमा बिवेक परियार रहेका छन् ।
समितिको सदस्यमा कमल घर्ती, ललित घर्ती, सन बहादुर बि क, भिमा रोका, उमाकान्त निउरे, गंगा चालिसे, दल घर्ती, केशव खड्का, निरु घर्ती र मिथुन घर्ती रहेका छन् ।
कार्यक्रममा अखिल क्रान्तिकारिका केन्द्रिय उपाध्यक्ष दिवस खत्री, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य धन बहादुर खत्री, वाईसिएल केन्द्रिय सदस्य नरेश केसी, अखिल नेपाल शिक्षक संगठन बागलुङका जिल्ला सदस्य थम प्रसाद रोका लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम भेला आयोजक समितिका संयोजक पूर्णभद्र निउरेको अध्यक्षता, सबिता खत्रीको स्वागत र शान्त खत्री मौसमको संचालनमा सम्पन्न भएको थियो ।