बागलुङ, २६ चैत – जिल्ला वचत तथा ऋण सहकारी संघ बागलुङ र सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजना तथा पत्रकार महासंघ बागलुङको सहकार्यमा १ दिने नागरिक पत्रकारीता तालिम बागलुङ सम्पन्न भएको छ ।
जिल्लाका क्रियाशिल १५ वटा सहकारीका २० जना प्रतिनिधिलाई तालिम दिइएको हो । तालिममा सहकारी क्षेत्रमा कार्यरत भएर पनि समाचार संकलन र लेखन कसरी गर्ने भन्ने विषयमा सहजीकरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेफ्स्कुनका केन्द्रीय सदस्य तथा सिवाईसीका अध्यक्ष चण्डीप्रसाद पौडेलले देशको अर्थतन्त्रलाई सुधार गर्ने तीन खम्वा मध्ये सहकारी भएकाले सहकारीको विकासमा सबैको चासो हुनुपर्ने बताए ।
तालिमको सहजीकरण प्रत्रकार महासंघका अध्यक्ष दिल श्रीष, राष्ट्रिया समाचार समिति धौलागिरीका संयोजक राम थापा अविरल, कान्तिपुर पत्रिकाका सम्वाददाता प्रकाश बरालले सहजीकरण गरेका थिए ।
Previous Articleसहकार्यबाट परिवर्तन संभव ः पौडेल
Next Article प्रेस सेन्टर ताराखोलाको अध्यक्षमा निउरे