बागलुङ, २६ चैत – सांसद प्रकाश शर्मा पौडेलले स्थानीय तहको विकासमा सबैको चासो र सहकार्य भएमा केही बर्षमै परिवर्तन ल्याउन सकिने बताएका छन् ।
बानपा १३ नारायणस्थानले आयोजना गरेको काँग्रेस कार्यकतौ भेलामा बोल्दै पौडेलले विभिन्न वर्ग समुदायलाई समेटी समाज रुपान्तरणका लागि लाग्ने प्रतिवद्धता पनि व्यक्तगरे ।
ठूलो दल भएको नाताले सबैलाई मिलाएर अगाडि बढ्ने अभियानमा काँग्रेस लागेको पनि उनको भनाइ थियो । स्थानीय तह निर्वाचनमा आफ्नो दलको अग्रता हुने उनले दावी गरे ।
कार्यक्रममा पार्टी सचिव नवराज पौडेल, महासमिति सदस्य जगदिशचन्द्र उपाध्याय, क्षेत्र नं. २ का क्षेत्रीय सभापति नारायण शर्मा पौडेल, जिल्ला सदस्य बसन्तकुमार श्रेष्ठ, नेपाल विद्यार्थि संघका केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुवेदी, महाधिवेशन प्रतिनिधि मन्जु चालिसे, नेपाल महिला संघका केन्द्रिय सदस्य पार्वती आचार्य, तरुणदलका जिल्ला अध्यक्ष उमकान्त शर्मा (बाबु) बागलुङ नगरपालिकाका नगर सभापति महेन्द्र आचार्य, नेपाल टे«ड युनियन काँग्रेस बागलुङका अध्यक्ष राम प्रसाद अधिकारी, जमुना नेपाली, कृष्ण बहादुर खत्री, दिर्घनारायण श्रेष्ठ लगायतले बोलेका थिए ।
हरिकुमार श्रेष्ठको अध्यक्षता चक्रबहादुर खत्रीको स्वागत, कमल कुमार जि.सी. र नारायण श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।
Previous Articleधौलागिरी गाउँपालिकाको केन्द्र विवाद टुंगियो
Next Article नागरिक पत्रकारीता तालिम