बागलुङ, २५ चैत – नयाँ शक्ति पार्टी नेपाल जिल्ला समन्वय परिषद् बागलुङको पुर्ण बैठक सम्पन्न भएको छ । बैठकले संघीय परिषदको संर्घष र सहभागिताको तत्कालीन कार्यभार र चुनावी रणनीतिको परिपत्र तथा प्रदेश परिषदको कार्य विभाजन सहितको परिपत्र कायन्वयन गर्ने निणर्य गरिएको छ ।
बैठकका अवसरमा स्थानीय तहको निर्वाचनको लागि अन्य राजनीतिक दलहरुसँग चुनावी गठवन्धन र तालमेलाका लागि स्थानीय आवश्यकताका आधारमा खुल्ला रहेका निति स्पष्ट गर्दै संम्वादका लागि जिल्ला संयोजक चित्र सापकोटाको नेतृत्वमा ७ सदस्यीय वार्ता टोली गठन गरिएको छ । स्थानीय तहको संरचना बमोजिम संघीय परिषद, प्रदेश परिषद तथा जिल्ला कार्यकारी समिति साथै जिल्ला समन्वय परिषद सदस्यहरुको कार्य विभाजन गर्ने निर्णय गरेको नयाँ शक्ति पार्टी नेपाल समन्वय परिषद बागलुङले जनाएको छ ।
जसअनुसार बागलुङ नगरपालिका संघीय परिषद सदस्यहरु उत्प्रेरक बाबुकाजी केसी, संयोजक अर्जुन खत्री, एक बहादुर केसी र गोपाल सापकोटा रहेका छन् । त्यस्तै प्रदेश परिषद सदस्यहरु भोजराज आचार्य, पशुपति शर्मा, कमला ढकाल शर्मा, कृष्ण शर्मा, महेन्द्र सापकोटा, नारायण शर्मा, तेजुराम सुनार र ३९ जना जिल्ला समन्वय परिषद सदस्यहरु जिम्मेवारी तोकिएको नयाँ शक्ति पार्टी नेपाल जिल्ला प्रचार विभाग प्रमुख कृष्ण सापकोटाले जानकारी दिए । त्यस्तै जैमिनी नगरपालिकामा संघीय परिषद सदस्य उत्प्रेरक कृष्ण सापकोटा, प्रदेश परिषद सदस्य संयोजक युनिष मिया, सदस्यहरु प्रकाश केसी, खेमराज पौडेल आकाश र १६ जना जिल्ला समन्वय परिषद सदस्यलाई जिम्मेवारी तोकिएको छ । त्यस्तै बमबहादुर गुरुङ उत्पे्ररक रहेको गल्कोट नगरपालिकामा संघीय परिषद सदस्य साथै ४ जना जिल्ला समन्वय परिषद सदस्यको जिम्मेवारी तोकिएको छ । ढोरपाटन नगरपालिका संघीय परिषद सदस्य चित्र सापकोटा उत्प्रेरक, प्रदेश परिषद सदस्य संयोजक टेकबहादुर कुँवर रहेका छन्भने प्रदेश सदस्यहरु शंकर कुँवर, गोपाल विक, चुडामणि भुषाल र मनोज विक साथै जिल्ला समन्वय परिषदका विष्णु विक र ललित सिर्पाली रहेका छन् । त्यस्तै बरेङ गाउपालिकामा संघीय परिषद उत्प्रेरक चित्र सापकोटा, जिल्ला कार्यकारी समिति सदस्य संयोजक चेतबहादुर थापा, जिल्ला समन्वय परिषद सदस्य सुर्य केसीलाई जिम्मेवारी दिईएको छ । तारा गाउँपालिकामा उत्प्रेरक बमबहादुर गुरुङ संघीय परिषद सदस्य, प्रदेश परिषद सदस्य संयोजक इन्द्रलाल कंडेल र जिल्ला कार्यकारी सदस्य मिन बहादुर रोका, छवि कंडेल र टेकनारायण कंडेललाई जिम्मेवारी दिइएको छ । त्यस्तै बडिगाड गाउँपालिकामा संघीय परिषद सदस्य उत्प्रेरक बोम दर्लामी र जिल्ला कार्यकारी सदस्य टेकलाल श्रीस र जिल्ला समन्वय परिषद सदस्य सुनिल केसी र पानबहादुदर केसी रहेका छन् । तमानखोला गाउँपालिकामा संघीय परिषद सदस्य उत्प्रेरक शोपा घर्ती, प्रदेश परिषद सदस्य मनोजकुमार बिकलाई जिम्मेवारी दिइएको छ । निसीखोला गाउँपालिकामा संघीय परिषद सदस्य उत्प्रेरक कुशल बुढा र जिल्ला कार्यकारी सदस्य चन्द्रकान्त भुषाल लगायत ७ जना जिल्ला परिषदका सदस्यहरको जिम्मेवारी बाडफाँड गरिएको छ । त्यस्तै काठेखोला गाउँपालिका संघीय परिषद सदस्य उत्प्रेरक प्रकाशराज बगाले र जिल्ला कार्यकारी सदस्य नरबहादुर पुनलाई जिम्मा दिइएको नयाँ शक्ति पार्टी नेपालले जनाएको छ । आगमी बैशाखमा हुने निर्वाचनका लागि सम्वन्धीत समितिले उमेदवारका सिफारिस गर्ने तथा जिल्ला समन्वय समितिले निर्णय गर्ने भएकाले स्थानीय तहको संरचना बमोजिम बैशाख १० गतेसम्म पुर्ण बैठक, भेला, गठन पुर्नगठनको कार्य योजना तय गरिएको नयाँ शक्ति पार्टी नेपाल बागलुङले जानकारी दिएको छ । सोही अवसरमा प्रदेश संयोजक बलावति शर्मा, पर्वत जिल्ला उत्प्रेरक मोति रिजाल, पर्वत जिल्ला संयोजक महेन्द्रजँग लामिछाने लगायतल मन्तव्य दिएको बैठक नयाँ शक्ति पार्टी नेपाल जिल्ला समन्वय समितिका संयोजक चित्र सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।