बागलुङ, २५ चैत – आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षाको लागी जिल्ला प्रहरी कार्यालय बागलुङले ६ सय ५१ जना म्यादी प्रहरी छनौट गरेको छ ।
म्यादी प्रहरीको लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा १ हजार ३ सय ७४ जनाले आवेदन दिएका थिए । म्यादी प्रहरीमा छनौटमा परेकामध्ये ५ सय ३२ जना पुरुष र १ सय १९ जना रहेको एसपी चन्द्रकुवेर खापुङले जानकारी दिए । उनले १ सय ३५ जनाको नाम बैकल्पिकमा राखिएको बताए । केही सिमित मात्रामा इलाका प्रहरी कार्यालयबाट पनि आवेदन संकलन गरिएको थियो ।
यसैगरी, म्याग्दी जिल्लाको लागी आबश्यक पर्ने संख्याको आधारमा म्यादी प्रहरी छनोट गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी उपरीक्षक खापुङले बताए । म्यादी प्रहरीमा छानिएकाहरुलाई आजदेखि तालिमको व्यावस्था गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ ।
Previous Articleघुम्टेको लेकमा लालीगुराँस महोत्सव
Next Article नयाँ शक्तिको पुर्ण बैठक सकियो