रामकृष्ण शर्मा
पार्टी एक चलायमान वहु शक्तिशाली संस्था हो । यसका वहुआयामिक चालहरु समय सन्दर्भ अनुसार शक्तिशाली वा भुत्ते दुवै वन्न सक्छन् । पार्टी विशेषत उसको स्पष्ट दर्शन, उसको समय सान्दर्भिक कार्यक्रम र सक्षम नेतृत्वमा भर पर्ने गर्छ । समसामयिक वा प्रतिस्प्रधी पार्टीहरुको तुलनामा पार्टीको तुलना हुनु पर्छ । उ सवैमा अव्वल वन्न सक्नुपर्छ यो पार्टी निर्माणको विना शर्त आधारभूत विषय हो । भन्नुको अर्थ देशमा रहेको नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द,्र राप्रपा, संघिय समाज वादी राष्ट्रिय जनमोर्चा लगाएत अन्य धेरै पार्टीको विचमा आ आफ्नो धारणा र शक्ति सन्तुलन रहेको छ । अस्तित्वमा रहेका शक्तिशाली पार्टी उसको भूमिकाका आधारमा कहाँ निर रहेको पार्टी हो ? अनी आम नागरिकको दृष्टीमा उसको स्थान कहाँनेर छ ? वा उसका धेरै राम्रा कुरा के हुन् ? यी धेरैलाई थाहा छ छैन ? उसले सुधार गर्नै पर्ने विषय के हो ? यि र यस्तै विषयको खोजी गर्नु जीवन्त पार्टीको दायित्व हो । यसले नै पार्टीलाई पार्टी हुनु र लोकप्रिय पार्टी हुन सहज वनाउँछ । चुनाव नजिकिदै गर्दा पार्टीहरुको शक्ति सन्तुलनको विषयमा धेरै चर्चा हुने र शक्तिको नविकरण हुने काम हो । विशेष गरि वामपन्थीहरु विचको भावनात्मक एकता आवश्यक छ र हुनु पर्छ भन्ने भावनाका विच अनि विचारको वहश हुन थालेको छ । कार्यकर्ताहरुले धेरै रुचि पूर्वक र अन्य शुभचिन्तकले कति राम्रो वन्छ भनेर आशाका साथ । जे होस् कम्युनिस्ट पार्टी स्थापना कालमा वि.सं.२००६ वैशाख १२ गतेको पर्चामा दुईवटा नारा उल्लेख थियो ।
–पूर्ण नागरिक स्वतन्त्रताको लडाई जिन्दावाद ।
–लेख्ने, वोल्ने–पढ्ने, सभा संगठन गर्ने अधिकार जिन्दावाद ।
यि नारा नेपालका कम्युनिस्टहरुका साझा नारा थिए । कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको त्यो नेतृत्व जसको यतिलामो तपस्या पछि करिव पौने सताव्दीमा मात्र उपलव्धी हाशिल हुने अवस्थामा आएको छ । यस भित्र धेरै प्रकारका संघर्ष वलिदानीका गाथा छ । अनि साम्यवादमा पुग्ने नारा पनि सवै वामहरुको साझा नारा हो । यसवाहेगका वाटाहरुमा सवैका आ आफ्नै छन् । फुट्ने रोग वाट ग्रस्त वाम आन्दोलन जुटाउने विधी ज्यादै जटिल र अव्ठ्यारो विषय हो । तर पनि पछिल्लो समय फुटेको स्वाद मनपर्न छाडे पछि जुटको विधि अघि वढेको छ । चुनावी तालमेल वा कुनै विषयमा एकता हुनु अन्तत पार्टी एकता सम्मको दिर्घकालिन सपना हो । यो लामो समय किन नलागोस् । जे होस् अव नेपालको समग्र विषय वाट वागलुङ तर्फ आउँ जहाँ वामपन्थी आन्दोलनको ज्यादै राम्रो महत्वपूर्ण इतिहाँस छ । चुनावी परिणाम हातपर्ने वेलामा ठेसलागेर ढल्ने वामपन्थीहरु अन्य जुनसुकै खरो युद्धमा पनि अन्य विचारधारीलाई पछार्दै आएका छन् । यो ऐतिहासिक सन्दर्भ भन्दा पनि अहिलेको परिस्थितिका विषयमा वढि छलफल र वहशगर्नु सान्दर्भिक होला । अव यसतर्फ लागौं ।
के हो वामपन्थी ?
कम्युनिस्ट विचारबाट प्रभावित साम्यवादमा पुग्ने सपना वोकेको जो कोहि पनि वामपन्थी हो उ पेशा व्यावसायले जे सुकै होस् । यो एक साधारण र सहज परिभाषा हो । तर साम्यवादको वाटो लामो र धेरै संघर्षमय यात्रा भएकोले धेरै विचार समूहले आ आफ्नो तवरले वनाएका कार्यशैलीले कतिपय समयमा वाम आन्दोलन र कम्युनिस्ट विचारलाई ओझेलमा पार्ने वा वदनाम हुने अवस्था समेत कतै कतै नदेखिएको होईन । कार्ल माक्र्सको वर्ग संघर्षको आधारमा लेनिनले तय गरेको संगठनात्मक आधार र माओ सम्म आउँदाको प्रयोग भित्र नेपालको वाम पन्थी धरातल निर्माण भएको छ । नेपालमा प्रयोगको शिलशिलामा वामपन्थी सरकारमा रहँदा विशेष गरि पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीले संचालन गरेको सरकार र पछिल्लो समयमा केपि ओलीले संचालन गरेको सरकारले आम नागरिकका विच देशमा काम गर्ने र नागरिकको हित गर्ने आभास दिएको छ । साथमा अन्य नेताको नेतृत्वमा भएका सरकारमा उल्लेख्य केहि नदेखिए पनि वदनाम हुन वाट जोगिएको देखिन्छ । वाम पन्थीहरुको सरकार वन्दा उसले नागरिकका विच एक खालको उत्साह दिने गरेको भए पनि लामो समय शासनमा रहन नदिन ठुलो शक्ति खर्चिने गरेको पाईन्छ ।
जे होस् केहि सार्वजानिक महत्वमा ध्यान लगाउने र विकास अनि समृद्धिको विषय धर्म संग होईन अभियानमा अघि वढाउन चाहनेहरु वामपन्थी धार र व्यक्ति गत सम्पत्ती र संमृद्धिमा बढि चासो र अन्य सामाजिक र सार्वजानिक विकास र विस्तारमा वास्ता कम गर्ने राईटिस्टहरु । पछिल्लो समयमा उनिहरु सार्वजानिक रुपमा वनेका उद्योग धन्दा नीजिकरणका नाममा वेच विखन गर्ने देखि सामुहिक वृद्धि विकासका निकयमा प्रवेश गर्ने र त्यसको गति कम गर्नेमा वढि ध्यान दिने गरेको पाईन्छ । कतै वामपन्थीहरु समेत यसको मतियार वन्ने गरेको नदेखिएको भने होईन । व्यक्तिगत रुपमा यी विषय नजोडिने भए पनि सिद्धान्त त र व्यक्तिले गर्ने व्यावहारमा अहिले देश व्यापी वा जिल्ला व्यापी सवै यहि वरपर घुमि रहेको छ । व्यक्ति समृद्ध वन्न खोज्नु र पाउनु कम्युनिस्टहरुको चाहना हुन्छ र पाउँछ पनि तर उसले सामुहिक दायित्ववाट विचलित हुन कदापी पाउँदैन ।
वाम पन्थीका विच हुन सक्ने एकता
जतिवेला चुनावको मौसम सुरु हुन्छ अनी वामपन्थीहरुको तालमेल वा एकताका सुगन्ध फैलिन थाल्छ । यसले कहिले काहि आफैलाई लठ्ठ पारिदिन्छ त कहिले काहि प्रतिस्पध्रीलाई आछ्यानमा पु¥याई दिन्छ । यस्तै सन्दर्भमा माओले भन्नु भएको छ
– जनता मूर्ख रहँदा प्रतिक्रियावादीहरुलाई फाईदा पुग्छ, उनिहरु वुद्धिमान वन्दा हामीलाई फाईदा पुग्छ ।
– नियमहरुले मात्र काम चल्दैन …मानिसहरुको मन वदलिनु पर्छ
यी वाक्यहरु हाम्रो तालमेलमा देखिनु जरुरी छ । पार्टी भित्रका विभिन्न विचार समूह र स्वार्थ समुह अनि विचार र व्यावहारमा नखारिएको पंक्ति अझै धेरै अवसरवादमा रमाउँछ । अनि उसले गर्ने व्यावहार मूर्ख हुने वा स्वाभाव त्यस्तो वन्न जान सक्छ । यसले अन्तत प्रतिक्रिया वादीलाई फाईदा पुग्ने हुन्छ । पार्टीगत रुपमा अहिले विचार र व्यावहारमा फरक पना देखिन छाडेको अवस्था छ । वाम पन्थी दलका नेता कार्यकर्ता वा अन्य राईटिस्टका व्यक्ति र नेता विचमा धेरै अन्तर देख्न छाडिएको अवस्था छ । यसले पनि कहिले काहीँ समग्रतामा अन्योलता सृजना गरेको छ । यसलाई चिर्न यस्ता समय अवसरको रुपमा तयार गर्न सक्नु पर्छ । स्थानिय तहमा केहि व्यावहार र व्यक्तिको आचरणमा फरक नदेखिए पनि उनिहरुको लक्ष गलत दर्शनवाट सृजित छ जसका कारण अन्तत देश र आम नागरिकको हितमा यसले सहयोग गर्दैन । यो कुनै न कुनै समय घातमा परिणत हुन्छ । यसैले वामपन्थीहरु शक्तिको क्षयीकरणवाट जोगिनु पर्छ ।
– विचारमा वामपन्थीहरुलाई स्पष्टता आवश्यक भएको अवस्थामा स्पष्ट्र पार्ने ।
– अलमलमा परेका तर विचारको पक्षधरलाई एकतावद्ध वनाउने ।
– आन्तरिक विचारको विविधतालाई सामजस्यता ल्याउने ।
– लेफ्टिस्ट र राईटिस्टका विचको भिन्नता देखाउन मेहनत गर्ने ।
– हालसम्म नेतृत्व गरेका ठाउँमा उनिहरुको व्यावहारको लेखाजोखा गर्ने ।
यसले वामपन्थीहरु विचको एकताको लागि आधार तयार गर्न सक्छ । परिणामा पु¥याउन नसक्ने तालमेल वा एकताको कुनै अर्थ रहँदैन । आधारभूत रुपमा पुरा पुर तयारी विनाको तालमेलले दुर्घटना सिवाय अरु केहि दिन पनि सक्दैन । विशेष गरि चुनाव भनेको नागरिक अभिमतको जाहेरी हो । पुर्णरुपमा सहमत नभै कुनै पनि व्यक्तिले आफ्नो मत हस्तान्त्रण गर्दैन । यसैले कुनै पनि नागरिकलाई सहमत वा असहमतको विषमा गहिरो अध्ययन वा उसको मन वुझ्नु जरुरी छ । अझै पार्टी गत तालमेल भनेको अझै वढि संघर्ष र वहस पछिको निचोड हो । यहाँ धेरै चाहना र रुपको प्रतिरुप देखिनु जरुरी छ ।
बागलुङको परिवेशमा वामपन्थीहरु विचको तालमेल समय समयको खेल हो । आधा जित र आधा हारको कारक पनि हो । किन तालमेल भन्ने विषयको अधिक पुष्टी नै परिणामको आधार हो । तालमेल कसैलाई कुर्चिमा पु¥याउन होईन ति हरेक फरक फरक विचार राख्नेको सपनाको प्रतिनिधित्व देखिनु जरुरी छ । विना कारण जुट्ने र विनाकारण जुट्ने विषयले केहि आत्म रति त देला तर परिणामा पु¥याउन जटिल हुन्छ ।
वाम पन्थी दल भित्रका नेता र कार्यकर्ताको मनोवृति
आधारभूत कामबाट समेत विमुखहुने तर परिणामको जस एक्लैले लिन खोज्ने मनोवृतिले नेता र कार्यकर्ता समेत ग्रस्त वनेको अवस्था छ । सूचनाको प्रसारण गर्ने र एक आपसमा समस्या समाधान र त्यसको छलफल गर्ने परिपार्टीको विस्तार आवश्यक छ । तोकिएको काम जस्तो चुनौतिका विच पनि सम्पन्न गर्न सक्ने खुवी र जवाफदेहिता वाम पन्थीहरुको सवै भन्दा महत्वपूर्ण विषय हो । आ आफ्नो भूमिका सहजरुपमा निर्वाह गर्दा ठुलो परिणाम हात लाग्छ । अनावश्यक वा आफुलाई नतोकिएको वा जरुरी नभएको विषयमा लामो वहस गर्ने तर तोकिएको काममा ध्यान नपु¥याउने मनोवृति सवैभन्दा घातक विषय हो ।
– केहि वामपन्थीहरुको चुनावी तालमेलको समयमा परिणाम नकरात्मक देखिए ।
– वामपन्थीले तालमेल गर्दा अन्य शक्ति पनि तालमेलमा उत्रनु ।
– जवरजस्त तालमेल नेताले गरेको भान र केहि पार्टी भित्रवाट नै असहयोग ।
–विधीमा आधारित नभै कुनै व्यक्ति केन्द्रित वा जिताउने मात्र मनाशाय ।
–लक्ष प्राप्तीको छोटो आशा नकी दिर्घकालिन लक्ष ।
केहि असफल परिणाम वाहेग वामपन्थी आन्दोलनमा तालमेलको विषयले त्यस्ता मतदातालाई वढि उत्साहित वनाउने गरेको छ । यसले वामपन्थी मत जोगाउने वल समेत पुगेको छ । नेपाल पत्रकार महासंघको तिन वर्ष अघिको वाम तालमेलका वेला क्रान्तिकारी तत्कालिन माओवादीको संगठनको नेतृत्व पराजित हुने देखि एमाले निकटको उम्मेदवार रेडक्रश देखि स्ववियु निर्वाचन सम्म आउँदा धेरै क्रिया प्रतिक्रिया देख्नु र भोग्नु प¥यो यसको परिणती अहिले वामपन्थी एकताको नकरात्मक आवाजलाई सहयोग पुग्यो जुन अन्तत धेरै घातक वन्दै छ ।
तालमेलका चुनौती
कुनैपनि तालमेलका लागि धरातल निर्माण हुनु भनेको धेरै ठुलो विषय हो । धरातल निर्माणका लागि वनेको सामान्य कार्यकर्ताको मनोवल पहिलो खुड्किला वन्छ । यो हुँदा हुँदै पनि अहिले तालमेलका लागि धेरै चुनौती छन् ।
– वाम पन्थीलाई पुर्खेउली ईगोले सताउनु ।
– तालमेलका समयमा हुने मतको आंकलनमा अत्याधिक दावी गर्नु ।
– कार्यकर्ताको विचमा पुग्ने र मत खसाल्नको लागि तालमेल गर्नेहरु हेराहेरमा लाग्नु ।
– आर्थिक परिचालन कार्यकर्ताको खटनपटन र व्यावस्थापन पाटो कमजोर वन्नु ।
– सवै जसो चुनावमा वामपन्थीको तालमेलले ईतरको एकताको आधार निर्माणमा वल पुग्नु । (भर्खरै सम्पन्न स्ववियु निर्वाचनमा तिनवटा वामपन्थीको विरुद्ध अरुसवै करिव आधा दर्जन शक्ति को तालमेल भयो )
– तालमेलको विषय सामान्य मतदाताले वुझ्ने गरि व्यापक गर्न र वुझाउन नसक्नु ।
– चुनावी रणनितीमा कमजोर प्रस्तुती ।
– अनियन्त्रित आर्थिक परिचालन रोक्ने प्रयास र तदारुक्तता नदेखिनु ।
गर्नुुपर्ने के हो ?
पटक–पटक दिशा च्युत भएकाहरुको आवाज कडा हुनवाट रोक्नु पर्छ । जटिल अवस्था आयो भने आन्तरिक पार्टी जीवनवाट नै पाखा लाग्ने वा लरवराउने तर अवसरको समय आयो भने वढी र उघ्र विचारक त्यागी वन्ने अनि जस र लाभ लिन तम्सने मनोवृतिवाट वामपन्थी दल वा विचारलाई सुद्ध गर्न नसक्ने हो भने सवै आन्दोलन नै कमजोर वन्छ । यो वाट जोगाउनु र डगमगाउन नदिनु अर्को मुख्य काम हो । ३६५ दिनमा ३६४ दिन ज्यादै ईमान्दार वनेको छनक दिने र चाहिने एक दिन लाभमा वा घातमा लाग्ने पंति वाट सजक वन्नु र त्यस्ता घटिया व्यावहार धारीहरुको तत्काल उपाचार गर्न सक्नु अर्को महत्वपूर्ण काम हो । विषयवस्तु र अन्य ज्ञान, विचार, वर्ग, दायित्व, जिम्वेवारी र कर्तव्यको विषयमा जानकार भएर नभएजस्तो गर्नु वा वास्ता नगर्ने पंतिको वढावामा समेत विशेख ख्याल गर्नु आवश्यक छ ।
यो वा उ दलको विषय होईन वामपन्थी अन्य भन्दा केहि फरक देखिनु आवश्यक छ । उसको व्यवाहारले समाजमा कुनै न कुनै खालको सकरात्मक प्रभाव छाड्न जरुरी छ । सामाजिक व्यावहारवाट विचार समूह नछुट्टिने हो भने भ्रमको खेतिमा जो अघि वढ्छ उसैले वाजीमार्छ । यो अहिले फस्टाएको खेति हो कि भन्ने देखिएको छ । यसलाई समयमा चेक गर्न पनि वामपन्थीले मेहनत र प्रयास गर्नु जरुरी छ । कुनै चुनाव केन्द्रमा राखेर भन्दा साम्यवादमा पुग्ने योजनाको एक खुड्किला वनाउने आधार वन्न सक्नु आवश्यक छ । हुनु पनि पर्छ ।