म्याग्दी, २४ चैत-जिल्लाको मालिका गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसको तर्फबाट श्रीप्रसाद रोका मगर भिड्ने भएका छन् । नेपाली कांग्रेस गाउँपालिकाको भेलाले तरुण दल म्याग्दीका उपाध्यक्ष एवम् यूवा नेता रोका मगरलाई गाउँपालिकाको प्रमुखमा उम्मेदबार बनाउने सर्वसम्मतिले निर्णय गरेको हो । दरवाङ तल्लो दुखुका श्रीप्रसादले यूवा अवस्थामै सडक, विद्युतीकरण, खानेपानी, विद्यालय लगाएतका विकास निर्माणका क्षेत्रमा खेलको भूमिकालाई गाउँपालिकाको हितमा समेत प्रयोग गर्न सकिने भएकाले मालिका गाउँपालिका हाँक्न सक्ने सक्षम रहेको संयोजक रेख पुनले बताए । मालिका गाउँपालिका अन्र्तरगत दरवाङ, निस्कोट, रुम, ओखरबोट, देविस्थान र विमका कांग्रेस प्रतिनिधिहरुका साथै जिल्ला सदस्य लोम मल्ल, भिजेन्द्र पुन लगाएतको उपस्थितिमा भएको भेलाले गाउँपालिका भित्रका सबै वडामा कार्यकर्ताको उपस्थितीमा अभियानमुखी कार्यक्रम सञ्चालनगर्ने निर्णय समेत गरेको छ । गाउँपालिकाको आन्तरिक स्रोतको पहिचान, पर्यटकीय र धार्मिकस्थलका रुपमा रहेका विभिन्न क्षेत्रहरुमा पर्यटकको चाप लगाएत विभिन्न कार्ययोजनाहरुलाई कार्यान्वयन गर्ने प्रष्ट भिजन रहेको गाउँपालिका प्रमुखका उम्मेदवार रोकाले बेनीअनलाइनलाई बताए । ‘मलाई पार्टीले दिएको जिम्मेबारी प्रति उत्साहित छु, अहिलेसम्म इमान्दारितापुर्वक काम गरेको छु’ उनले भने ।