बागलुङ, २३ चैत – एक सातादेखि शुरु भएको चैतेदशै मेलामा सयौं भक्तजन र आन्तरिक पर्यटकले बागलुङ खचाखच भएको छ । ऐतिहासिक, धार्मिक र सास्कृतिक महत्व बोकेको यो मेलाले देशभरका धार्मिक विश्वास गर्नेहरुलाई आर्कषण गरेको छ ।
सातादेखि संचालनमा आएपनि मंगलवार चैतेदशैंको अवसरमा सयौंले कालिकाको दर्शन गरेका छन् । बागलुङ भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा भएको मेलामा अघिल्लाबर्षको तुलनामा धार्मिक पर्यटकको सहभागिता बढ्दो दरमा रहेको हो । नेपालकै प्रसिद्ध शक्तिपीठको रुपमा चिनिएकोले कालिकाको पूजा गर्न हजारौं आएका हुन् ।
एकसाता देखि बढेका भक्तजनले बागलुङ बजारनै महोत्सवमय बनेको छ । यो अभियान बुधवारपनि जारी रहने छ । साताभरीमा मंगलवार चैतेदशैको दिन सबैभन्दा धेरै पर्यटकहरु आएका थिए । मेलामा बागलुङ स्थानीय उत्पादन डोका, डाली, नाङ्ला, ठेका–ठेकी, मादल लगाएतका सामाग्रीहरु बिक्रीको गन्तव्यनै बनेको छ ।
बर्षभरीको मेहेनतबाट आम्दानी गर्न ग्रामीण किसान र व्यवसायीले आफ्ना उत्पादन बजारमा ल्याएका छन् भने भक्तजन र पर्यटकले पनि ती सामाग्री खरिदका लागि मेलालाई गन्तव्य बनाएका छन् । साथै चैतेदशैकै अवसरमा विभिन्न रमाइला खेलकुद र प्रर्दशनीहरु समेत मेलास्थलमा राखिएको छ । यकिन तथ्यांक नभएपनि लाखौंको संख्यामा भक्तजन तथा आन्तरिक पर्यटकले कालिकाको भ्रमण गरेको समितिका अध्यक्ष राजु खड्काले बताए ।
मेलामा बागलुङ र धौलागिरी अञ्चल भित्रका मात्र नभई पोखरा, चितनव, बुवटल, काठमाडौं जस्ता ठूला सहर र अन्य बाहिरी जिल्लाबाट समेत दर्शनार्थीहरु मन्दिरमा आएका थिए । बस रिर्जभ गरेर आउनेहरुको संख्या बढेपछि जिल्लाका होटलमा बस्ने स्थान समेत अपुग भएको थियो । सयौंले बागलुङमा ठाउँ नपाएर म्याग्दी र पर्वत सदरमुकाम तर्फ होटल खोज्दै गएका थिए । सयौं वर्ष पुरानो चैत्राष्टमी मेलालाई बागलुङ पहिचान सँग जोडेर हेर्ने गरिएको छ ।
मेलाका अवसरमा दर्जनौ स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति समेत आयोजना गरिएको छ । कालिका गुठीकै आयोजनामा क्याम्पस स्तरीय फुटबल र खुला भलिबल प्रतियोगिता समेत आयोजना गरिएको थियो । १५ औं शताब्दीदेखि कालिका मन्दिरमा धार्मिक मेला तथा पूजाको व्यवस्थापन गरिएको जानकारहरु बताउँछन् । परंपरागत रुपमा लोकदोहोरी, सालैज्यो, झ्याउरे भाखामा गीत गाउँने र नाच्ने पर्वको रुपमापनि चैतेदशैलाई लिने गरिएको छ । आधुनिक संस्कृतिले जकडिएको हाम्रो समाजमा चैतेदशैलाई संस्कृति संरक्षणको रुपमापनि हेरिनुपर्ने समेत संस्कृतिविदहरुको जोड छ । यसैगरी, चैत्राष्टमीको अवसरमा आयोजित चैत्राष्टमी कप फुटबल प्रतियोगिताको उपाधि वेष्ट प्वाइन्ट कलेज बेनीले जितेको छ ।
मंगलबार सम्पन्न फाइनल खेलमा वेष्ट प्वाइन्टले डिग्नीटि कलेज बागलुङलाई ०–१ गोलले पराजित गर्दै चैत्राष्टमी कपको उपाधि चुनेको हो । विजेता वेष्ट प्वाइन्ट कलेज बेनीले नगद ४२ हजार र ट्रफी जितेको छ । निकै नै प्रतिष्पर्धात्मक खेलमा वेष्ट प्वाइन्ट कलेज बेनीले डिग्नीटीलाई निकै नै दबाबमा राखेको थियो ।
Previous Articleबागलुङमा निर्वाचन अधिकृत तोकिए
Next Article बागलुङमा आगलागीबाट १ करोडको क्षती