बागलुङ, २३ चैत – स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले देशभरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु तोकोको छ । देशभरका ७ सय ४४ वटा तहमा एकैपटक अधिकृतहरु तोकिएको हो ।
निर्वाचन आयोगले सकेसम्म न्याय सेवाका अधिकृतहरुनै तोक्ने भनेपनि अन्तत आवस्यक संख्या नपुगेपछि प्रशासनका अधिकृतहरुलाई पनि तोकेको हो ।
सदरमुकाम रहेको नगरपालिकामा जिल्ला न्यायाधिसहरुलाई मुख्य निर्वाचन अधिकृत तोकिएको हो । बागलुङमा जिल्ला न्यायाधिस हिमलाल बेल्वासेलाई मुख्य निर्वाचन अधिृकत तोकिएको हो । त्यस्तै जैमिनी नगरपालिकामा कार्यकारी अधिकृत बिष्णु सुवेदीलाईनै निर्वाचन अधिकृत तोकिएको थियो ।
ताराखोला गाउँपालिकामा देवीप्रसाद सुवेदी, ढोरपाटन नगरपालिकामा केदारनाथ पौडेल, गलकोट नगरपालिकामा धर्मराज पौडेल, काठेखोला गाउँपालिकामा सहायक प्रजिअ धु्रव गिरी, बडीगाढ गाउँपालिकामा रामचन्द्र शर्मा र निसीखोला गाउँपालिकामा बिष्णुभक्त रंजित, तमानखोला गाउँपालिकामा बानपाका कार्यकारी अधिकृत सुवासचन्द्र लामिछाने र बरेङगाउँपालिकामा राजेन्द्रप्रसाद घिमिरेलाई तोकेको हो । निर्वाचन अधिकृतले २५ गतेदेखि काम थाल्ने छन् ।
Previous Articleकुन जिल्लामा कति छन् मतदाता ?
Next Article कालिका मन्दिरमा भक्तजनको भीड