बागलुङ, २३ चैत – आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बागलुङमा १ लाख ५६ हजार ८ सय २ मतदाता सहभागी हुने भएका छन् । बागलुङमा ७३ हजार ९ सय ६३ पुरुष र ८२ हजार ८ सय ३९ महिला कुल मतदाता निर्वाचनमा सहभागी हुने निर्वाचन आयोगले जनाएको छ ।
म्याग्दीमा ३३ हजार ७ सय ९० पुरुष, ३७ हजार ६ सय ७२ महिला र एक तेस्रो लिङ्गि गरि ७१ हजार ४ सय ६३ मतदाता सहभागी हुने भएका छन् । पर्वतमा ४७ हजार ३ सय ५४ पुरुष र ५१ हजार ८ सय ८९ महिला गरि कुल ९९ हजार २ सय ४३ मतदाता निर्वाचनमा सहभागी हुने आयोगले जानकारी दिएको छ ।
यस्तै हिमाल पारिको जिल्लाको मुस्ताङमा ४ हजार १० पुरुष र ४ हजार २ सय ५३ महिला गरि कुल ८ हजार २ सय ६३ मतदाता निर्वाचनमा सहभागी हुनेछन् । देशभरमा २ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाता सहभागि हुने आयोगले जनाएको छ । विक्रम सम्वत २०७३ फागुन ९ गते १८ वर्ष उमेर पुगेका र निर्वाचन कार्यालयमा नाम दर्ता गराएका व्यक्तिलाई आयोगले मतदाताका रुपमा मान्यता प्रदान गरेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
आयोगकाअनुसार कुल मतदातामध्ये पुरुषको संख्या ७० लाख ६९ हजार ७१४ र महिला मतदाताको संख्या ६९ लाख ८४ हजार ६२५ रहेका छन् । त्यस्तै १४३ जना तेस्रोलिङ्गी मतदाता संख्या कायम रहेको आयोगले जनाएको छ । आयोगका अनुसार सबैभन्दा बढी मतदाता मोरङमा पाँच लाख ६३ हजार ८७० रहेका छन् भने मनाङमा सबैभन्दा थोरै पाँच हजार ९५ मात्र मतदाता कायम रहेका छन् ।
२०७३ फागुन ९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका र २०७३ फागुन ९ गतेसम्म फोटोसहितको मतदाता नामावलीमा नामदर्ता गराएका मतदाताले स्थानीय तह निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने कानूनी व्यवस्था छ । अब मतदाताको नामावली कुनै पनि ठाउँमा ठाउँ सारी नहुने तथा नाम दर्ता नगरिने आयोगले यस अघि निर्णय गरिसकेको छ ।
Previous Articleनेपालमा गर्भपतनको डरलाग्दो अवस्था
Next Article बागलुङमा निर्वाचन अधिकृत तोकिए