पोखरा, २३ चैत – नेपालमा वार्षिक तीन लाख २३ हजार महिलाले गर्भपतन गर्ने गरेको एक अध्ययनले देखाएको छ । वातावरण, स्वास्थ्य र जनसंख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) र अमेरिकाको गुडमाकर इन्स्टिच्यूटले ‘नेपालमा अनिच्छुक गर्भ र गर्भपतनको स्थिति’ विषयमा १५ वर्षदेखि ४९ वर्ष भित्रपर्ने महिलामा गरेको संयुक्त अध्ययनमा यस्तो पाइएको हो ।
पोखरामा मंगलबार आयोजित एक कार्यक्रममा यस्तो जानकारी दिइएको हो । नेपालमा सन २००२ देखि गर्भपतन सेवा शुरु गर्ने निर्णय भएपनि सन् २००४ देखि मात्र कार्यान्वयनमा आएको थियो । हालसम्म नेपालमा करिब ९ लाखले गर्भपतन गराइसकेको तथ्याङ्कमा उल्लेख छ । शुरुवाती कालमा अत्यन्त न्यून मात्रले सेवा लिएको र हाल यो संख्या बढेको अध्ययन प्रतिवेदनमा दाबी गरिएको छ ।
तथ्याङ्क अनुसार गर्भपतन गरेका मध्ये ४२ प्रतिशतले मात्रै सरकारले तोकेको स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन गर्ने गरेका छन् । अन्य ५८ प्रतिशतले अवैध रुपमा सञ्चालनमा रहेका क्लिनिकमा गएर गर्भपतन गराउने गरेको अध्ययनमा दाबी गरिएको छ । बैध रुपमा गर्भपतन गराउने मध्ये ३७ प्रतिशतले मात्र सरकारी स्वास्थ्य संस्थामा, ३४ प्रतिशतले एनजिओमार्फत चलेका स्वास्थ्य संस्थामा र बााकी २९ प्रतिशतले नीजि स्वास्थ्य संस्थामा गर्भपतन गराउने गरेको तथ्याङ्कमा उल्लेख छ ।
पश्चिमाञ्चलमा भने ४९ प्रतिशतले एनजिओद्वारा सञ्चालित स्वास्थ्य संस्थामा, ३८ प्रतिशतले सरकारी स्वास्थ्य संस्थामा र १३ प्रतिशतले निजी स्वास्थ्य संस्थामा गर्भपतन गराउने गरेको तथ्याङ्कले देखाएको छ । नेपालमा कुल गर्भमध्ये ५८ प्रतिशत गर्भ अनिच्छुक गर्भ रहने गरेको पनि प्रतिवेदनमा खुलाइएको छ । तथ्याङ्क अनुसार कुल गर्भ मध्ये ३१ प्रतिशत गर्भपतन हुन्छ भने अनिच्छुक गर्भ मध्ये ६२ प्रतिशतले गर्भपतन गर्ने गरेको प्रमुख अनुसन्धानकर्ता तथा कृपाका सह–निर्देशक डा.महेश पुरीले जानकारी दिए । अनुसन्धान अनुसार नेपालमा मध्यमाञ्चलमा सबैभन्दा धेरै ५९ प्रतिशत र सुदुरपश्चिमाञ्चलमा सबैभन्दा कम ३४ प्रतिशत अनिच्छुक गर्भ रहने गरेको देखिएको छ । संस्थाका अनुसार गर्भपतन गराउादा हुने मातृ मृत्यूदरमा हृवात्तै कमी आएको छ ।
सन १९९५ मा प्रति एक हजारमा मातृ मृत्यू दर ५ सय ८० रहेकोमा सन २०१३ मा आउादा यो घटेर १९० मा झरेको उल्लेख छ । यद्यपी यो संख्या पनि दक्षिण एसियाली देशहरुको तुलनामा बढी हो । सन् २०११ को तथ्याङ्क अनुसार नेपालमा ४३ प्रतिशत महिलाले मात्र स्थायी गर्भ निरोधक साधन प्रयोग गर्छन् । बच्चा नजन्माउने निर्णयमा पुगेका तथा जन्मान्तर राख्न चाहने २७ प्रतिशत महिलाले अझै पनि परिवार नियोजनको अस्थायी साधन प्रयोग नगरेको अध्ययन प्रतिवेदनमा दाबी गरिएको छ ।
त्यस्तै, अवैध संस्थामा गर्भपतन गरेका हरेक ४ जना मध्ये एक जनामा स्वास्थ्य समस्या आएपछि सरकारी अस्पताल जाने गरेको उल्लेख छ । अनुसन्धानकर्ताहरुले महिलाहरुमा गर्भपतन बारे कानूनी ब्यबस्था र सेवाबारे जानकारी नहुुनु, सबैको पहुाचमा सेवा नपुग्नु, सेवा महङ्गो हुनु, गर्भपतनप्रति समाज नकारात्मक हुादा बैध गर्भपतन सेवा प्रभावकारी बन्न नसकेको औंल्याएका छन् ।
Previous Articleस्थानीय तहको निर्वाचनको महत्व
Next Article कुन जिल्लामा कति छन् मतदाता ?