डिल्लीप्रसाद गौतम
अहिले सम्पूर्ण मुलुक नै चुनावमय भएको छ । झण्डै २० वर्ष पश्चात हुन गैरहेको स्थानीय तहको निर्वाचन आफैमा महत्वको विषय हो । तथापी लामो समय सम्म जनप्रतिनिधि विहिन अवस्थाबाट गुज्रेको स्थानीय निकायको निर्वाचनलाई आम नागरिकले पनि विशेष चासोको रुपमा हेरी रहेका छन् । उसो त नयाँ संरचना तथा संघियता संरचना अनुसार हुन गैरहेको यस निर्वाचन भएको हुनाले पनि यस निर्वांचनको भएको हुनाले पनि यस निर्वाचनको छुट्टै महत्व छ । पुुराना संरचनाहरुको अन्त्य भै नयाँ संरचना अनुसार गाउँपालिका तथा नगरपालिका, उपमहानगरपालिका तथा महानगरपालिका गरी स्थानीय संरचनामा चार तहको निर्वाचन हुन गै रहेको नयाँ परिप्रेक्षमा आम नागरिकहरु स्वतःस्फुर्ट रुपमा निर्वाचनमा लागि सकेका छन् । अहिले सम्पूर्ण मुलुक चुनावमय भएको छ । प्रत्येक पार्टीका नेता तथा कार्यकर्ताहरु चुनावी माहोल आफ्नो पक्षमा पार्न गाउँ–गाउँ पुगेर मतदाता विच अन्तरक्रिया गरि रहेका छन् । चुनावी माहोल यसरी तातिसकेको छ की लाग्दछ चुनाव घर दैलोमा नै प्रवेश गरि सकेको छ । बजारको चोकगल्ली, चिया पसल, होटल तथा रेष्टुरेण्ट, पसल तथा गाउँ गाउँका टोल–टोल र चौपारी हरुलाई पनि चुनावले ढपक्कै छोपेको छ ।
यसरी गाउँ, शहर, टोल–टोल चुनावमय भै रहँदा केन्द्रीय स्तरमा भने चुनावी माहोल श्रृजना भै नसकेको हो की भन्ने आशंका पनि देखिएका छन् । खास गरि सरकार तथा मधेशवादी दल तथा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संविधान संशोधनको विषयलाई लिएर आपसी छलफल तथा मोलतोलमा अल्मलिरहेका छन् । लामो समयसम्म यस मुद्धाले निकास नपाउँदा कतै निर्वाचनको पूर्वसन्ध्यामा आएर कतै निर्वाचन स्थगन त हुने हैन ? आम नागरिकमा आशंका पनि पैदा गरेको छ । अझै केही साना राजनीतिक पार्टीहरु निर्वाचन कै प्रक्रियालाई लिएर नारा, जुलुश तथा धर्नामा समेत लागि रहेका छन् । यष्सरी एकातिर सम्पूर्ण मतदाताहरु चुनावी अभियानमा होमिइ सकेको अवस्थया र निर्वाचन आयोगले पनि चुनावको लागि गर्नुपर्ने कार्य दैनिक रुपमा तिव्र बनाइ रहेको अवस्थामा केन्द्रिय स्तरमा देखिएको राजनीतिक खिचातानीले आम नागरिकहरुमा भ्रम श्रृजना गर्ने काम पनि गरि रहेको छ । उसो त मुलुक यसरी निर्वाचन प्रक्रियामा होमिई सकेको छ की अब कुनै शक्तिले चाहेर पनि निर्वाचन रोकिने अवस्थामा छैन ।
खासगरि निर्वाचन सम्पन्न गर्नका लागि केहि असजिलो देखिएको प्रदेश नं. २ का केही जिल्लाहरुमा पनि मतदाताहरु चुनावी प्रक्रियामा सहभागि हुन ईच्छुक देखिएका छन् । मधेशवादी दलका केही नेता तथा कार्यकर्ता नैतिक रुपमा प्रक्रियामा सहभागी हुन असजिलो महशुस गरेता पनि मतदाताहरुमा चुनावी रनकले छोपि सकेको छ । यसरी चुनावी माहोल वनि रहँदा दलहरु आन्तरिक छलफलमा व्यस्त रहेका छन् । सम्पूर्ण मुलुक चुनावमय भै रहँदा जिलला जिल्लामा दलहरु आन्तरिक एकपक्षिय वा बहुपक्षिय छलफलमा व्यस्त रहेका छन् । कतिपय गाउँपालिका तथा नगरपालिकाहरुमा आन्तरिक रुपमा चुनावका लागि उम्मेदवार चयन समेत गरिएको समाचारहरु प्राप्त भै रहेका छन् । तर पनि चुनावमा आफ्नो प्रतिद्वन्द्वी मानिएका दलले कस्तो उम्मेदवार प्रस्तुत गर्दछन् र सोही अनुसार आफ्नो दलबाट प्रत्यासी बनाउने भनि एक अर्कोको रणनीतिका समेत प्रतिक्षारत रहेको पाइएको छ । खास गरि पहिलेका चुनाव जस्तै यस पटकको निर्वाचन पनि प्रमुख २ दल नेपाली कांग्रेस र एमाले विच कडा प्रतिस्पर्धा हुने निश्चित देखिएको छ । अझै हाम्रै जिल्ला बागलुङ लगायत अन्य ठाउँहरुमा समेत बाम तालमेलको विषयले निकै नै चर्चा पाएको छ । यसरी वाम तालमेलको चर्चा चलिरहँदा मुलुककै प्रमुख पुरानो पार्टी नेपाली कांग्रेस पनि आन्तरिक छलफलमा व्यस्त रहेको छ । खास गरी आफ्नो पकड बलियो भएको र मतदातालाई सुरक्षित मात्र गर्न सकेपनि आफ्नो जित सुनिश्चित रहेको भन्ने कांग्रेसको बुझाइ रहेको पाइन्छ । यद्यपी चुनावी मैदानमा जाँदा प्रतिस्पर्धीलाई कमजोर ठान्न नहुने र साना दलहरुसँग मिलेसम्म तालमेल गरेर जाँदा परिणाम राम्रो हुने कांग्रेसजनहरुको राय रहेको छ ।
यसरी लामो समय पश्चात हुने गैरहेको स्थानिय निकायको निर्वाचनले एकातिर नेपाल राज्यको संविधानलाई क्रियाशिल बनाउने त अर्कोतर्फ जनप्रतिनिधि विहिन स्थानीय निकायमा ठूलो संख्यामा एकैपटक निर्वाचित जनप्रतिनिधि आउने छन् । यस निर्वाचनले ठूलो संख्यामा युवा पुस्तालाई निर्वाचन गरी स्थानिय निकायको विकास र निकाशको जिम्मेवारी युवा पुस्तालाई सुम्पने छन् । स्थानिय निकायको बागडोर नयाँ पुस्ताले सम्हाले पश्चात जनताका आकांक्षाको पनि सम्बोधन हुने, दैनिक क्रियाकलाप सहज हुने र संघिय संरचना अनुसार जनताका दैनिक क्रियाकलाप आफ्नो घर दैलोमा सहज रुपमा सम्पन्न हुने हुनाले पनि आम नागरिक चुनाव प्रति सक्रिय रहेका छन् ।
Previous Articleकालीगण्डकी प्रदुषण बन्दै
Next Article नेपालमा गर्भपतनको डरलाग्दो अवस्था