बागलुङ, २२ चैत – सनराईज आवासीय माविको १८ औं बार्षिकोत्सव तथा अभिभावक दिवश विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवशको अवसरमा मुल समारोह, विभिन्न नृत्य, हाजिरी जवाफ, खेलकुँद प्रतियोगिता समेत सम्पन्न गरिएको हो ।
सोमबार भएको मुल समारोहको उद्घाटन गर्दै सहायक जिल्ला शिक्षा अधिकारी कुश्मराज उपाध्यायले शिक्षाको गुणस्तर र व्यवहारिक शिक्षाको विकास गर्न सकेमा मात्र अवका बालबालिकाहरु प्रतिष्पर्धि बजारमा टिक्न सक्ने बताए । उनले बालमैत्री शिक्षा, क्रियाकलाप र सामाग्री सहितको पढाईमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
‘शिक्षकहरुले चाहना राखेमा पढाइको गुणस्तर विकास गरेर दक्ष विद्यार्थी उत्पादन गर्न सकिन्छ’ उपाध्ययाले भने, ‘सैद्धान्तिक ज्ञानले मात्र अवको युगमा सहाउँदो नहुने भएकोले व्यवहारिक ज्ञानमा जोड दिनुपर्ने आवस्यकता भएको छ ।’ सामुदायिक र संस्थागत विद्यालयका शिक्षकले पनि कक्षा कोठाको पढाईमा त्यतिकै ध्यान दिनुपर्ने बताएका थिए ।
पछिल्लो समय ट्युसन कक्षाको रुपमा पढाउने तर नियमित कक्षामा ध्यान नदिने प्रवृत्ति बढेकोमा उनले चिन्ता व्यक्त गर्दै कक्षा कोठामै राम्रो पढाएमा ट्युसनको जरुरी नपर्ने पनि उनले सुझाए । विद्यालयका म्यानेजिङ डाइरेक्टर निरबहादुर क्षेत्रीको अध्यक्षता, शिक्षक सावित्री खड्काको संचालन र शिक्षक यामबहादुर पोखरेलको स्वागतमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी सदस्य मञ्जु क्षेत्री, अभिभावक शान्ति खड्का, विद्यार्थी प्रतिनिधि इशान खड्का लगायतले बोलेका थिए ।
कार्यक्रममा प्रअ चन्द्रबहादुर क्षेत्रीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुतीकरण गरेका थिए । उक्त अवसरमा खेलकुँद प्रतियोगिताहरुका बिजयी खेलाडी, वार्षिक परिक्षाका उत्कृष्ठ विद्यार्थी, कक्षा ११ र १२ का उत्तिर्ण विद्यार्थी तथा एसईई परिक्षा छनौटका उत्तिर्णहरुलाई पुरस्कार तथा मायाको चिनो प्रदान गरिएको थियो ।
Previous Articleएकल उम्मेदवारी दिने माओवादी केन्द्रको निर्णय
Next Article राजमो निसीखोला गाउँपालिकाको कार्यकर्ता भेला सकियो