बागलुङ, २२ चैत – नेकपा माओबादी केन्द्र बागलुङले आसन्न स्थानिय तहको निर्वाचनमा सबै गाउँपालिका र नगरपालिकाका सबै पदहरुमा एकल उम्मेद्वारी दिने निर्णय गरेको छ ।
यहि चैत्र २० र २१ गते पार्टी सह–इन्चार्ज फमलाल निउरेको अध्यक्षतामा बागलुङ्ग बजारमा बसेको बैठकले जिल्लाको समग्र राजनीतिक शक्ति सन्तुलन, आफ्नो र अन्य पार्टीको उपस्थितीलाई ध्यानमा राखी स्थानीय पार्टी कमिटिको सल्लाह सुझावका आधारमा समग्र वा स्थान विशेष तालमेल समेत गरेर जान सकिने निर्णय गरेको हो ।
नेकपा माओबादी केन्द्रका पोलिटब्युरो सदस्य एबं बागलुङ्ग जिल्ला इन्चार्ज चन्द्रबहादुर बुढा सागरद्धारा हस्ताक्षरित बिज्ञप्तीमा अन्य पार्टीसंग तालमेल गर्नका लागि फमलाल निउरे, चन्द्रबहादुर बुढा सागर, कृष्णबहादुर केसी, तुलसी अर्याल, निर्मल कुमार श्रेष्ठ, ज्ञामनाथ गैरे अनिल र राजिव घिमिरे सहितको सात सदस्यीय वार्ता समिति समेत गठन गरिएको जनाईएको छ । वडा, गाउँ तथा नगरपालिकाको सबै वडाहरुमा सम्मेलन सम्पन्न गरी उम्मेद्वारको टुङ्गो लगाईसक्ने निर्णय गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
त्यसैगरी पार्टीका अन्य सहायक संगठन एबं वाईसियलको सम्मेलन बैशाख ९ गते सम्पन्न गर्ने निर्णय गरेको नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य एबं जिल्ला प्रचार बिभाग प्रमुख कृष्ण केसीले जानकारी दिए । त्यसैगरी निर्वाचनका सन्दर्भमा पार्टीले लिएका निर्णयलाई कडाईपुर्वक लागु गर्ने र यदी जिम्मेवारी पालना नगर्ने तथा अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्नका लागि पुर्वसभासद क्याप्टेन पुर्णबहादुर रानाको संयोजकत्वमा तुलसी अर्याल र चेताराम पौडेल रहेको ३ सदस्यीय अनुशासन समिति समेत गठन गरीएको माओबादी केन्द्रले जनाएको छ ।
त्यसैगरी स्थानिय पार्टी कमिटि सिफारिस भई आएका उम्मेद्वारको नाम छनोट गरी आवश्यक निर्णय लिनका लागि जिल्ला इन्चार्ज सागरको नेतृत्वमा १७ सदस्यीय उम्मेद्वार छनोट समिति समेट गठन गरेको बताईएको छ ।
Previous Articleनेपाल गन्तव्यको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन
Next Article सनराईजको १८ औं वार्षिकोत्सव