बागलुङ, २० चैत – क्षत्री समाज नेपालका केन्द्रिय अध्यक्ष प्रध्यापक डाक्टर चन्द्र बहादुर थापाले आफ्नो अधिकारको लागि सवै क्षेत्रीहरु एक जुट भएर लाग्नुपर्ने बताएका छन् ।
क्षत्री समाज बागलुङको शनिबार सम्पनन नवौं वार्षिक साभारणसभा तथा अन्तरक्रिया कार्यक्रमको उद्घाटन पछि बोल्दै अध्यक्ष थापाले उक्त कुरा बताएका हुन । उनले अखण्ड नेपाल पार्टी क्षत्री समाजको हो भन्ने कुरा हल्ला भएको बताएका छन् ।
उनले पहिले क्षेत्रीहरुको हक अधिकारको लागि भन्दै पार्टीको स्थापना गर्नेहरुले अहिले आप्नो स्वार्थको लागि काम गरेको भन्दै अध्यक्ष थापाले उक्त पार्टी क्षत्री समाजको नभएको र क्षत्रीहरुले आफ्नो अधिकारको लागि आफुहरु रहेका पार्टीहरुमा जोड्दार रुपमा कुरा उठाउनको लागि अनुरोध गरेका छन् । थापाले स्थानीय निकायको चुनावमा सवै क्षेत्रीहरुले पार्टीको अस्थाभन्दा माथि उठी जुन पार्टीबाट भएपनि उम्मेदवार बनेका क्षत्रीहरुलाई विजयी गराउनको लागि अनुरोध गरेका छन् ।
हामीहरुले जुन सुकै पार्टीमा आस्थावान भएपनि स्थानीय निकायको चुनावमा क्षत्रीहरुलाई जिताउन लाग्नुहोस् अध्यक्ष थापाले भने हाम्रो हक र अधिकारको कुरालाई अरु जातीहरुले कुरा उठाउँदैनन त्यस कारण क्षेत्रीहरुलाई विजयी गराई हक र अधिकारको लागि लड्नुहोस् ।
कार्यक्रममा क्षत्री समाज नेपालका केन्द्रिय निर्वातमान अध्यक्ष प्रा.डा. दिन बहादुर क्षत्री, भुपु सैनिक समाज नेपालका केन्द्रिय अध्यक्ष अनिरुद्र थापा, क्षत्री समाज नेपालकी केन्द्रीय सदस्य सरस्वती भण्डारी, क्षत्री समाज म्याग्दीकी अध्यक्ष अमृतदेवी बानियाँ, तनहुँका अध्यक्ष भरत बहादुर अधिकारीले मन्तव्य व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा वयोवृद्ध शक्ति बहादुर खड्का र शैक्षिक क्षेत्रमा उल्लेख्नीय सहयोग गरेको भन्दै दिप्सन बास्कोटालाई सम्मान गरिएको थियो । कार्यक्रममा क्षेत्री समाज नेपालका केन्द्रिय अध्यक्ष प्रा.डा. चन्द्र बहादुर थापाले क्षत्री समाज बागलुङलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन् ।
क्षत्री समाज बागलुङका अध्यक्ष बाबुराज कार्कीको अध्यक्षतामा, वरिष्ठ उपाध्यक्ष महेन्द्रसिंह रायमाझी र दिपेन्द्र बास्कोटाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।