बागलुङ, २० चैत – स्थानीय तहको निर्वाचनलाई लिएर नेपाली काँग्रेसले चुनावी अभियानलाई सक्रिय बनाएको छ । गाउँगाउँमा कार्यकर्ता प्रशिक्षण, गाउँ जागरण, चुनावी कार्यक्रम समेत गरिरहेको हो ।
यसैक्रममा काँग्रेसले शनिवार ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामामा एकैसाथ चुनावी अभियान सम्पन्न गरेको हो । ताराखोलामा भएको कार्यक्रममा बोल्दै काँग्रेस सभापति दिपेन्द्रबहादुर थापाले संविधानको अक्षरस कार्यन्वयनका लागि स्थानीय निर्वाचन आवस्य रहेको भन्दै यो अभियानमा लोकतन्त्रको रक्षाका लागि पनि काँग्रेसलाई जिताउनु आवस्यक भएको बताए । उनले स्थानीय तहको निर्वाचनमा पाउने अग्रताबाटै प्रदेश सभामा पनि असर पर्ने भन्दै पक्ष विपक्षमा नलागि काँग्रेस जिताउने अभियानमा लाग्न कार्यकर्तालाई आग्रह पनि गरेका थिए ।
विकास निर्माणमा अहिले सम्म काँग्रेसले अगुवाई गरेको भन्दै आगामी दिनमा पनि विकास निर्माणमा अग्रणी भूमिका खेल्ने बताए र साथै उनले स्थानीय तह भनेको स्थानीय सरकार भएकोले आफ्नो बिनियम आँफै बनाएर लागू गर्न सक्ने समेत भएकोले सक्षम नेतृत्वमा पनि जोड दिएका थिए । यो निर्वाचनलाई दलित, महिला, जनजाती र अल्पसंख्यकको अधिकारलाई संस्थागत गर्ने अवसरको रुपमा लिन पनि उनले आग्रह गरेका थिए ।
ताराखोकाको कार्यक्रममा महासमिति सदस्य अम्मरबहादुर कार्की, महाधिवेसन प्रतिनिधि दण्डपाणी कडेल, हरि सुवेदी, पदम पुन ,खिममानन्द पौडेल लगायतले बोलेका थिए । गाउँपालिका समन्य समितिका अध्यक्ष कमलापती पाठकको अध्यक्षता, काजीमान कलाधरको स्वागत र कर्णबहादुर कार्कीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । यसैबीच गल्कोट नगरापालिकामा भएको कार्यक्रममा नेपाली काग्रेसका पुर्व सभापति मणिभन्द्र शर्मा कंडेलले गाउँ विकासका लागि काँग्रेसको विकल्प नभएको बताए । उनले भाषण मात्र दिनेहरुबाट विकासको आसा गर्न नसकिएकोले काम गर्ने नेताको खोजी गर्नुपर्नेमा पनि जोड दिएका थिए । काँग्रेस क्षेत्र नं. १ का सभापति चिरन्जिवी गौतम, क्षेत्र न ३ का सभापति दोर्ण कुँवर, फमबहादुर खत्री लगायतले बोलेका थिए । नगर समन्वय समितिका सभापति नारायण ध्वज मल्लको अध्यक्षता, यज्ञप्रसाद सापकोटाको स्वागत र बिरजंग भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । शनिवारै काँग्रेस क्षेत्र न १ को आयोजनामा नरेठाँटीमा पनि कार्यकर्ता भेला सम्पन्न भएको थियो । उक्त अवसरमा जिल्ला सभापति दिपेन्द्रबहादुर थापाले पार्टीलाई जुझारु र सक्षम बनाउनुपर्ने बताए । साथै अवका नगर र गाउँ सक्षम बनाउन कार्यकर्ताले इमान्दारीता र जनताको पक्षमा काम गर्नुपर्नेमा पनि जोड दिए । उक्त अवसरमा पूर्व सभापति मणिभद्र शर्मा कंडेल, जिल्ला कोषाध्यक्ष उमेश गौतम, क्षेत्रन ३ का सभापति द्रोण कुँवर, नेविसंघका अध्यक्ष खडक थापा, काँग्रेस हरिचौरका सभापति नारायणध्वज मल्ल, दुदिलाटिका सभापति हेमबहादुर खडका, दुर्गा भण्डारी लगायतले बोलेका थिए । क्षेत्र न १ का सभापति चिरन्जिवि गौतमको अध्यक्षता, जिल्ला सदस्य यमबहादुर श्रीसको स्वागत र हेमन्त भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Previous Articleमाओवादी केन्द्रको वडा सम्मेलन
Next Article क्षत्री समाजको वार्षिक साभारणसभा