बागलुङ, २० चैत – नेकपा माओबादी केन्द्र नगरसमिति अन्र्तगत वडा नम्वर २ को भेला आज एक समारोहका बिच सम्पन्न भएको छ । भेलाले बद्री नारायण शर्माको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
समितिको उपाध्यक्ष धर्मराज शर्मा सचिव नर बहादुर केसी सहसचिव जशोदा शर्मा र कोषाध्यक्षमा सुर्य बहदुर महत सहित २१ सदस्यीय नयां कार्यसमिति गठन भएको छ । सम्मेलनको उद्घाटन गर्दै नेकपा माओबादी केन्द्रका केन्द्रिय पोलिट्ब्युरो सदस्य एबं जिल्ला ई्न्चार्ज चन्द्र बहादुर बुढा सागरले संबिधानको प्रभावकारी कार्यान्वयन र जनजिविकाका सवाललाई शुनिश्चीत गर्नका लागि स्थानिय निर्वाचनलाई नेकपा माओबादी केन्द्रको पक्षमा पार्नुपर्नेमा जोड दिए ।
जनतालाई अधिकार सम्पन्न गराउनका लागि १० बर्षे जनयुद्धमा ठुलो मुल्य चुकाएको चर्चा गर्दै माओबादी केन्द्रका नेता सागरले निर्वाचनमा बिजयी हासिल गर्नका लागि सहि तरिकाले अगाडी बढ्न कार्यकर्तालाई निर्देशन समेत दिए । कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रका केन्द्रिय सदस्य एबं नगर संयोजक कुमार बिक्रम क्षेत्री, अर्का केन्द्रिय सदस्य मोहम्मद अजिज, राम बहादुर बिक र आरपीएलएका अध्यक्ष केशवराज पराजुली लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रम नेकपा माओबादी केन्द्र वाड नं २ का संयोजक बद्री नारायण शर्माको अध्यक्षता, बेपत्ता परिवार समाजका अध्यक्ष जशोदा शर्माको स्वागत मन्तब्य र प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य कोपिला कंडेलको संचालनमा सम्पन्न भएको थियो ।
सम्मेलनले भेलाले नवनिर्वाचित अध्यक्ष बद्रि नारायण शर्माको नेतृत्वमा स्थानिय निर्वाचनमा जाने निर्णय गरेको नेकपा माओबादी केन्द्र बागलुङले जनाएको छ ।
Previous Article‘महिलाहरुको मुद्धा चाँडो सुनवाई गरिनुपर्छ’
Next Article गाउँ–गाउँमा कांग्रेसको भेला