बागलुङ, १९ चैत- नेकपा माओबादी केन्द्र निकट दलित मुक्ति मोर्चाको बागलुङ नगरपालिका वडा नं. १३ मा टोल समिति गठन भएको छ । बिहीबार मसुराबारीमा आयोजित भेलाले थम बहादुर परियारको संयोजकत्वमा ५१ सदस्यीय दलित मुक्तिमोर्चा बा.न.पा. १३ मसुराबारी गठन गरेको हो । सो अवरमा बोल्दै नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य एबं बागलुङ ईन्चार्ज निर्मल श्रेष्ठले उत्पीडीत दलित वर्गको मुक्तिको लागि लड्ने एकमात्र पार्टी नेकपा माओबादी केन्द्र भएको दाबी गरेका थिए । उत्पीडित वर्ग र समुदायको हितको लागि माओबादीले बिगतको १० बर्षे जनयुद्धमा ठुलो मुल्य चुकाएको चर्चा गर्दै नेकपा माओबादी केन्द्रका नेता श्रेष्ठले दलितको मत नेकपा माओबादीलाईनै जानुपर्नेमा जोड दिए । समग्र मुलुकको बिकास र परिवर्तनको लागि माओबादी केन्द्रको बिजयी हुनुपर्ने बताएका थिए । त्यसैगरी जैमुनी नगरपालिकाका ईन्चार्ज लाल बहादुर परियार र वडा अध्यक्ष रेशम खत्रीले दलितका मुद्धा सबैका साझा हुनुपर्ने बताएका थिए । कार्यक्रम दलित मुक्तिमोर्चाका सदस्य थम बहादुर परियारको अध्यक्षता जमुना परियारको स्वागत मन्तब्य र धुर्व परिवारको संचालनमा सम्पन्न भएको थियो ।
Previous Article१ हजारले भरे म्यादी प्रहरी भर्नाको फाराम
Next Article काठेखोला ‘एक’ मा एमालेका खड्का