बागलुङ, १८ चैत- नेकपा एमालेले काठेखोला गाउपालिका वडा नं. १ मा गोविन्द वहादुर खड्कालाई संयोजक बनाएको छ । सो वडामा विहिवार भएको पार्टी कार्यकर्ता भेलाले खड्काको संयोजकत्वमा २५ सदस्यीय वडा संगठन कमिटी गठन गरेको हो । कमिटीको सहसंयोजकमा चन्द्रकला थापा र सचिवमा बद्री वहादुर भण्डारी चयन भएका छन ।
संगठन कमिटीको सदस्यमा भलवहादुर थापा, भूमीराज खत्री, नरवहादुर थापा, सीता खड्का, मन्जु खत्री, विष्णु् खड्का, राम वहादुर किसान, जय वहादुर खड्का, तेजवहादुर थापा, थमवहादुर थापा, डिल वहादुर थापा, हरिप्रसाद शर्मा, प्रेम वहादुर खड्का, बल वहादुर भण्डारी, भीम वहादुर खड्का, सन्त वहादुर खड्का, हर्क वहादुर थापा, रतन थापा, कमल थापा, सीता खत्री, कमला थापा र सन्त वहादुर थापा रहेका छन् । भेलाले ११ सदस्यीय सचिवालय गठन गरेको छ ।
राज्यको पूर्नसंरचनामा साविकको सिगाना ६ चनौटे र पालाको १ देखि ५ नं. सम्मको वडालाई मिलाएर काठेखोला गाउपालिकाको वडा नं. १ बनेपछि एमालेले पहिलो पटक वडा भेला आयोजना गरेको संयोजक डिल्लीराज गौतमले वताए । पाला गाउ पार्टी कमिटीका सदस्य भूमीराज खत्रीको अध्यक्षतामा समपन्न कार्यक्रममा काठेखोला गाउपालिका पार्टी समन्वय कमिटीका संयोजक डिल्लीराज गौतम, एमाले केन्द्रिय प्रचार विभागका पूर्व सदस्य हरिनारायण गौतम, प्रदेश विभागका सदस्य बालकृष्ण कँडेल, जिल्ला सदस्य तथा पाला इन्चार्ज दिपक गौतम, जिल्ला सदस्य अमर थापा, क्षेत्रिय कावा अध्यक्ष डिलवहादुर खड्का, जिल्ला निर्वाचन कमिटीका सदस्य गोविन्द वहादुर खड्का लगायतले आगामी निर्वाचन र पार्टी कार्यकर्ताको भूमिकाको वारेमा वताएका थिए ।
भेलाले निर्वाचन केन्द्रित कार्ययोजना निर्माण गरी उक्त वडालाई दुई कलास्टरमा विभाजित गरी कार्यक्रम गर्ने निर्णय गरेको इन्चार्ज दिपक गौतमले वताए । भेलाले निर्वाचनको प्रचारप्रसारका लागि गोविन्द वहादुर खड्काको संयोजकत्वमा १ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी निर्माण गरेको छ । साथै स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार छनौट गर्नका लागि उम्मेदवार छनौट सुझाव समिति गठन गरेको छ ।
Previous Articleबा.न.पा. १३ मा दलित मुक्तिमोर्चा
Next Article भयरहित वातावरणमा निर्वाचन – प्रमुख निर्वाचन आयुक्त