बागलुङ, १७ चैत/नेपाली काँग्रेस बागलुङले आफ्ना पाँच नेतालाई जिल्ला कार्य समितिमा मनोनित गरेको छ । बागलुङका पुराना नेता सहदेव राजभण्डारी, खिमान्द शर्मा, हरि आचार्य, पदम पुन र रामप्रसाद कँडेललाई जिल्ला कार्य समितिमा मंगलवार मनोनित गरेको हो । पार्टी सभापति दिपेन्द्र थापाले पार्टी विधानले दिएको अधिकार प्रयोग गरी पाँच जनालाई जिल्ला कार्य समितिमा मनोनित गरेको वताए । स्थानीय तहको निर्वाचनमा टिकट प्रदान गर्ने समयमा आफु पक्षिय नेतालाई मनोनित गर्नुलाई काँग्रेस पार्टीभित्र अर्थपूर्ण रुपमा हेरिएको छ । मनोनित सदस्य राजभण्डारीले आफुले बागलुङ नगरपालिकाको मेयर पदमा उम्मेदवारी दावी गरेका छन । उनले आफु पुरानो नेता भएकाले पार्टीले टिकट दिदा चुनाव जित्ने आधार भएको वताए । उता, भीमापोखरा निवासी खिमानन्द शर्माले काठेखोला गाउपालिकाको अध्यक्षमा आफ्नो उम्मेदवारको दावी रहेको वताए । आफु जिल्ला सदस्य पनि भएकाले काठेखोला गाउपालिकाको अध्यक्षमा आफ्नो दावी स्वाभाविक छ, उनले भने । सभापति थापाले निर्वाचनमा खटाउनका लागि नेताहरुलाई जिल्ला कार्य समितिमा मनोनित गरी पत्र वुझाएको वताए । उनले जिल्ला कार्य समितिको सल्लाहकार पनि शुक्रवारसम्ममा मनोनित गर्ने वताएका छन । पार्टीका पूर्व सभापतिहरु लगायतलाई जिल्ला कार्य समितिको सल्लाहकारमा मनोनित गरिने छ । पार्टीका पूर्व सभापतिहरु मणीभद्र शर्मा कँडेल, हरिप्रसाद श्रेष्ठ, प्रकाश पौडेल, गोविन्द प्रसाद शर्मा कँडेल, कुलराज शर्मा लगायतका नेताहरुलाई सल्लाहकारमा मनोनित गरिने थापाले वताए ।
Previous Articleअन्तर कलेज स्तरीय चैत्राष्टमी कप फुटबल शुरु
Next Article नेपालमा विज्ञान तथा प्रविधि क्षेत्रका चुनौतीहरु