बागलुङ, १७ चैत/नेकपा एमाले निकट युवा संघ बागलुङको बुधबार बसेको पहिलो पूर्ण बैठकले संगठनको गतिशिलता र परिचालनका लागि विभिन्न विभाग गठन गरेको छ । संघका अ्रध्यक्ष लोकेन्द्र केसीको अध्यक्षतामा बसेको बैठकले बिभाग गठन गर्नुका साथै सचिवालय पनि गठन गरेको हो । संगठन विभागमा प्रदिप आर्चाय, आर्थिक विभागमा, प्रेम केसी, महिला विभाग प्रमुख तारा शर्मा, प्रचार प्रसार विभाग प्रमुख साधना पन्त, खेलकुद तथा अनुसन्धान विभाग प्रमुख राम पौडेल, युवा शक्ति परिचालन विभाग प्रमुखमा रेशम घर्ती मगर र रचनात्मक विभाग प्रमुख रबिन खत्री रहेका छन् । बैठकबाट युवा संघ बागलुङको सचिवालय गठन गरेको छ । संघका पदाधिकारी सहित जिल्ला सदस्य साधना पन्त, खडक बहादुर बिक, समिर पुन मगर, ढालेन्द पुन, राम पौडेल, दिपेन्द पौडेल, पुजन शर्मा, केशव शर्मा, आकृति भण्डारी रहेका छन् । बैठकमा युवा सघं नेपालका केन्द्रीय सचिवालय सदस्य धौलागिरी इन्चार्ज शिव पौडेलले युवा संघलाई स्थानीय तह निर्वाचनमा होमिन आग्रह गरेका थिए । बैठकमा नेकपा एमाले जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, युवा संघको नेपालका केन्द्रीय सदस्य तथा नेकपा एमाले बागलुङका सचिवालय सदस्य अञ्जु जिसी ‘हुमा’, नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा युवा इन्चार्ज पुनमप्रसाद शर्मा, जिल्ला कमिटि सदस्य तथा जिल्ला युवा संघका निवर्तमान अध्यक्ष प्रेम लामिछाने लगायतले युवा संघको अस्तित्व, काम, कर्तव्य, आधिकार तथा नेकपा एमालेलाई मजबुत बनाउनका लागि खेल्नुपर्ने भुमिकाका बिषयमा बोलेका थिए । युवा संघका अध्यक्ष लोकन्द्र केसीको अध्यक्षता, रमेश घर्ती मगरको स्वागत तथा प्रदिप आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleतमानखोलामा केन्द्रको सम्मेलन
Next Article अन्तर कलेज स्तरीय चैत्राष्टमी कप फुटबल शुरु