बागलुङ, १७ चैत/नेकपा माओवादी केन्द्र तमानखोला गाउँपालिका वडा नम्बर–१ र २ को संयुक्त वडा सम्मेलन बुधबार बोङ्गादोभानमा सम्पन्न भएको छ । सम्मेलनले दुवै वडामा छुट्टाछुट्टै २५ सदस्यीय वडा समिति गठन गरेको छ । वडा नम्बर–१ मा मोतिप्रसाद गोतामेको अध्यक्षतामा गाउँपालिका स्तरिय समिति गठन गरिएको हो । उपाध्यक्षमा नरबहादुर रसाईली, सचिब तारा राम्जाली, कोषाध्यक्ष हिरा गोतामे र सहकोषाध्यक्ष मोतिलाल घर्ती रहेका छन् । नरबहादुर बुढाको संयोजकत्वमा थमबहादुर रोका, पुर्ण रसाईली र चन्द्र रसाईली रहेको सल्लाहकार समिति गठन भएको छ । त्यस्तै वडा नम्बर–२ मा झकप्रसाद विकको अध्यक्षतामा वडा समिति गठन गरिएको छ । उपाध्यक्षमा टेकबहादुर रसाईली, सचिब योगेन्द्र घर्ती र कोषाध्यक्ष गौमायाँ घर्ती रहेका छन् । मिनबहादुर घर्तीको संयोजकत्वमा नरबहादुर रसाईली र शुशिल विक सदस्य रहेका छन् ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य प्रकाश घर्तीले माओवादी आन्दोलनमा पछाडि परेको बर्ग समुदायमा राजनीतिक जागरण ल्याएको भन्दै त्यसैको उपज अहिलेको समाबेशी प्रतिनिधित्वको सुनिश्चितता रहेको बताए । उनले परिबर्तनका मुद्धालाई संस्थागत गर्दै आर्थिक समृद्धिको बाटोमा मुलुकलाई लैजान माओवादी कै नेतृत्व अबश्यक रहेकोमा जोड दिए । कार्यक्रममा तमानखोला गाउँपालिका इञ्चार्ज सुर्य सिरपालीले बोलेका थिए ।