बागलुङ, १६ चैत – आसन्न स्थानीय तहको निर्वाचनको बिषयमा नेपाली काँग्रेसले काठेखोला गाउँपालिका स्तरीय कार्यकर्ता भेला मंगलवार सम्पन्न गरेको छ ।
भेलामा केन्द्रीय कार्यालयको परिपत्र अनुसार गाउँ र नगर स्तरीय जागरण अभियानलाई तीव्रता दिने, साविकका सबै गाउँ अध्यक्ष तथा पदाधिकारीले आफ्नो आफ्नो गाउँको पार्टीको प्रगती प्रतिवेदन प्रस्तुत गर्ने काम भएको एक कार्यकर्ताले बताए । भेलामा गाउँपालिका भित्रका सबै गाउँ अध्यक्षहरुले आफ्नो क्षेत्रको अवस्थाको बारेमा जानकारी गराएका थिए ।
अधिकांसले आफ्नो गाउँमा काँग्रेस बलियो रहेको र अझै संगठन विस्तार गर्दै निर्वाचनमा जित्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए । केही कार्यकर्ताले स्थानीय तहको उमेदवार अनुसार पनि मत परिणाम आउनमा सहयोग पुग्ने भएकोले उमेदवार छनौटमा पार्टीले बिषेश महत्व र सुक्ष्म ढंगले विचार गर्नुपर्ने सुझाव दिएका थिए । निर्वाचनका लागि संभावित उमेदवारको आकांक्षा संकलन गर्ने अपेक्षा गरिएको यो भेलामा अर्को बैठकमा मात्र उमेदवारको नाम संकलन गर्ने गरी जनजागरण र संगठन विस्तारका काम मात्र गरिएको पार्टी सभापति दिपेन्द्रबहादुर थापाले बताए ।
यस अघिका निर्वाचनमा पाएको सफलताका लागि गरिएका कामबारेमा अगुवाहरुले जानकारी गराएका थिए । आगामी १८ गते ताराखोलामा गर्ने भेलाको बारेमा पनि जानकारी दिइएको थियो । निर्वाचन लक्षित गाउँ र टोल परिचालन समिति गठनको थालनी भएको र केही दिनमै पूर्णता पाउने पनि थापाले जानकारी दिए । केही दिनअघि एमालेले पनि काठेखोला गाउँ स्तरीय भेला राखेको थियो ।
भेलाले पनि संभावित उमेदवारको ठोस खाका नल्याएकोले काँग्रेसमा पनि छलफलकै क्रममा राखिएको कतिपयले अनुमान गरेका छन् । यो क्षेत्रमा पूर्व क्षेत्रीय अध्यक्ष होमबहादुर हमालदेखि प्रमानन्द कंडेल, महेन्द्र कंडेल, महेन्द्र पुन, ज्ञानु श्रीष, हरिबहादुर भण्डारी, लगायतका आकांक्षि छन् । कार्यक्रममा पार्टी सभापति दिपेन्द्रबहादुर थापाले राजनीतिक रुपमा पहिलो हुने गरी सबै कार्यकर्तालाई तयार रहन आग्रह गरेका थिए ।
स्थानीय तहको निर्वाचनमा जिल्लाका १० वटै निकायमा जित्नका लागि उपयुक्त उमेदवार आवस्यक पर्ने भएकोले पार्टीको लागि को अगाडि जानुपर्छ, को बस्नुपर्छ त्यसलाई सहमतिमै टुंग्याउने काममा सहयोग गर्न सबै कार्यकर्तालाई आग्रह गरेका थिए ।
काँग्रेस क्षेत्रीय सभापति चिरन्जिवि गौतमको अध्यक्षता, सचिव केशव थापाको संचालन र शिव प्रसाद कंडेलको स्वागतमा सम्पन्न कार्यक्रममा पूर्व सांसद गोविन्द प्रसाद शर्मा कंडेल, टंकप्रसाद कंडेल, पार्टी सचिव नवराज पौडेल, महासमिति सदस्य जगदिशचन्द्र उपाध्याय, होमबहादुर हमाल, महाधिवेसन प्रतिनिधि अमरबहादुर कार्की, चित्रबहादुर कार्की, ज्ञानु श्रीष, खिमानन्द पौडेल, प्रमानन्द कंडेल, भूपू सैनिक संघका अध्यक्ष हरिबहादुर भण्डारी, पालाका पूर्व सभापति हरिबहादुर शेरचन, लेखानीका पूर्व अध्यक्ष डिलबहादुर छन्त्याल, वडा अध्यक्षहरु खड्गबहादुर थापा, सम्मर बहादुर थापा, झविलाल थापा, यामदत्त कंडेल, गौरीशंकर सुवेदी, प्रेमबहादुर कार्की, काशीराम कंडेल र नेपाल प्रेस युनियन काठेखोला गाउँपालिका संयोजक गणेश नेपालीले बोलेका थिए ।
Previous Articleखुल्ला बैंकिङ क्षेत्र र नियमनकारी निकाय
Next Article मेयरको टिकट लिन पर्वतमा यस्तो दौडधूप