बागलुङ, १५ चैत – भ्रष्टाचार न्युनिकरण तथा सदाचार प्रबद्र्धनको लागि सरोकारवाला निकायको भुमिका बिषयक अन्तरक्र्रिया कार्यक्रम बागलुङमा सम्पन्न भएको छ ।
जवाफदेहिदाका लागि असल छिमेकी नेपालको आयोजना र ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा बोल्ने सहभागीहरुले भ्रष्टाचार न्युनिकरणका लागि प्रत्येक व्यक्ति जिम्मेवार बन्नुपर्ने बताएका छन् ।
उनीहरुले सरकारी निकायको काम गर्ने झन्झटिलो प्रक्रियाका कारण पनि भ्रष्टाचार गर्न सहयोग पु¥याइरहेको भन्दै प्रक्रिया सहज र सरल हुनुपर्ने बताएका छन् । कार्यक्रममा सहजिकरण गर्दै असल छिमेकीका अध्यक्ष राम शर्माले बिचौलियाका कारण भ्रष्टाचार मौलाएको भन्दै छिटो काम गराउनका लागि घुस लिने क्रम बढेको तथ्याङक सार्वजनिक भएको जानकारी गराएका थिए । नेपाल सरकारले भ्रष्टाचार न्युनिकरण गर्नका लागि अपनाएका विभिन्न कार्यक्रमहरु प्रभावकारी नभएको भन्ने बिषयमा ५५ प्रतिशतको सहभागिता रहेको पनि बताएका थिए।
सबै भन्दा बढि राजनीतिक दल, सरकारी सेवा प्रदान गर्ने निकाय, प्रहरी, न्यायिक निकाय, व्यवसायिक तथा नीजि क्षेत्र, शिक्षा लगायतका क्षेत्रमा भ्रष्टाचार बढि रहेको देखिएको छ । कार्यक्रममा नेपाली काँग्रेसका पार्टी सभापति दिपेन्द्र थापा, महिला अधिकारकर्मी शकुन्तला शर्मा, नेकपा एमालेका प्रचार विभाग प्रमुख धनबहादुर परियार, नेपाल रेडक्रस सोसाईटी बागलुङका पुर्व सभापति विश्वनाथ रेग्मी, शसिधर शर्मा, सोभा काउचा लगायतले कानुन बनाउनेहरुले नै कानुनको पालना नगर्दा भ्रष्टचार बढेको बताएका थिए ।
Previous Articleनिर्वाचन आयोगका काममा शंका
Next Article बरेङ र ढोरपाटनमा एमालेको अभियान