बागलुङ, १५ चैत – नेकपा एमाले बरेङ गाउपालिकामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेकपा एमाले बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले राष्ट्रियता, विकास निर्माण, जनजिविका तथा समृद्धिका लागि एमालेको अपरिहार्यता भएकाले गतिशिल स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई विजयी गराउन सम्पुर्ण पार्टी कार्यकर्तालाई आह्वान गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैँकका संचालनक राम बहादुर जिसी, अनेम संघ बागलुङकी अध्यक्ष सावित्रा राना, युवा नेता सुर्य पाठक लगायतले प्रशिक्षण मन्तव्य व्यक्त गरेका थिए । सोही अवसरमा बरेङ गाउपालिका अन्तरगतका १ सय जना जेष्ठ नगारिक तथा एकल महिलालाई सम्मान गरिएको नेकपा एमाले बागलुङले जानकारी दिएको छ । त्यस्तै भेलाले धनिश्वर पौडेलको संयोजकत्वमा १ सय ५१ सदस्यीय स्थानीय तहको निर्वाचन परिचालन समिति गठन गरिएको राष्ट्रिय सहकारी बैँकका संचालक राम बहादुर जिसीले जानकारी दिए ।
भेला नेकपा एमाले बरेङ गाउपालिका संयोजक धनिश्वर पौडेलको अध्यक्षता, दिनानाथ पौडेलको स्वागत र प्रेम पौडलको संचालनमा सम्पन्न भएको थियो ।
यसैबीच, नेकपा एमालेका वैकल्पीक केन्द्रीय सदस्य गोविन्द नेपालीले देश विकासको लागि एमालेको विकल्प अरु पाटीहरु नभएको बताएका छन् । सोमबार ढोरपाटन नगरपालिकामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम बोल्दै नेपालीले अव देश विकासको लागि सवैले एमालेलाई जिताउनुपर्ने बताएका छन् ।
एमालले अगुवा गरेको राष्ट्रियता तथा विकासका योजनाहरुको बारेमा जानकारी गराउँदै नेपालीले उक्त कुरा बताएका हुन । कार्यक्रममा बोल्दै उनले सवै कार्यकर्ताहरुलाई स्थानीय निकायको निर्वाचनको लागि लाग्नको लागि पनि आग्रह गरेका छन् । कार्यक्रममा नेकपा एमाले बागलुङका जिल्ला कमिटी उपाध्यक्ष कृष्ण पाठक, सचिव लाल बहादुर थापा, सहसचिव विष्णु भुषाल, प्रदेश विभागका सदस्य टंक पौडेल, उद्योग वाणिज्य संघ बुर्तिबाङ इकाईका अध्यक्ष चिन्तामिण कंडेल, क्षेत्र नं. ३ का क्षेत्रीय अध्यक्ष उमेश बुढा र राम बहादुर घर्तिले मन्तव्य व्यक्त गरेका थिए । भेलाले केशर बहादुर छन्त्यालको संयोजकत्वमा ५ सय १ सदस्य निर्वाचन उपरिचालन समिति गठन गरेको छ ।
जिल्ला सचिवालय सदस्य तथा ढोरपाटन नगर संयोजक लक्ष्मण पुनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत हरि घर्ति पुन र संचालन नगर संगठन समितिका सहसंयोजक केशर छन्त्यालले गरेका थिए ।