बागलुङ, १४ चैत – जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर–१ बुर्तिबाङ बजर नजिकै दुले भन्ने ठउँमा आइतबार बिहान पिकअप जीप दुर्घटना हुँदा १ महिलाको मृत्यु भएको छ ।
दुर्घटनामा परि तीन जना घाईते भएका छन् । ग २ च ९११ नम्बरको जीप सडकबाट २० मिटर तल तमानखोलामा खस्दा तमानखोला गाउँपालिका–५ का ३६ बर्षिय टिक्मा विकको घटनास्थालमै मृत्यु भएको हो । उनका छोरा ३ बर्षिय खगेन्द्र विक, सोही ठाउँका ६३ बर्षिय जसबहादुर विक र ४६ बर्षिय ज्ञानदेवी बिक घाईते भएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक कृष्ण राना मगरले जानकारी दिए ।
उनीहरु तीनै जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ । ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारबाट तमानखोला गाउँपालिकाको बोङ्गादोभानका लागि छुटेको जीप दुर्घटनामा परेको हो ।
जीपका चालक ढोरपाटन नगरपालिका–२ का धु्रब कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङले जनाएको छ ।