काठमाडौं, १४ चैत – थ्रेस होल्डको विरोध र स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै १० वटा साना राजीनीतिक दलहरु एक भएका छन् । आइतबार रिपोर्टर्स क्बल नेपालमा संयूक्त राष्ट्रवादी समाजवादी पार्टीले पत्रकार सम्मेलन गरेर १० साना राजनीतिक दलहरूबीच एकता भएको घोषणा गरेको छ ।
पार्टीहरुवीच एकता भएसँगै अब छिट्टै एकता महाधिवेशन हुने समेत जनाएको छ । राष्ट्रिय चुरेभावर पार्टी, ग्रेटर नेपाल राष्ट्रबादी मोर्चा नेपाल, राष्ट्रिय पुनर्जागरण पार्टी, बहुजातीय समावेशी पार्टी, जनप्रजातान्त्रिक पार्टी, नेपाल गणतान्त्रिक जनता पार्टी, नेपालबादी पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन, नेकपा माले समाजबादी र संयुक्त राष्ट्रबादी समाजबादी पार्टीबीच एकीकरण भएको हो । पार्टीका संयोजक कमल प्रसाद चौलागाईंले ‘राष्ट्रवादी शक्ति एकजुट होऔँ’ भनेर अपील गर्दै भने, ‘निर्वाचन आयोग र मूख्य राजनीतिक दलहरूले थ्रेस होल्डको नाममा संघीयता र समावेशिताको धज्जी उँडाए, हामी यसको घोर भत्र्सना गर्छौं ।’
चौलागाईले अहिलेका मूख्य राजनीतिक दलहरुले राजनीतिक सिण्डिकेटलाई प्रश्रय दिएको र समावेशीताको सिद्धान्त लत्याएको आरोप लगाए । धर्म र जातीयताको मुद्धा पश्चिमीहरुबाट र स्वायत्त प्रदेशको मुद्दा भारतले लादेर नेपाल खण्डर बनाउन लागेकोतर्फ उनले सबैलाई सचेत गराए । त्यस्तै नेकपा माले ‘समाजवादी’का अध्यक्ष विष्णुराज अर्यालले ३ प्रतिशत थे्रस होल्ड राख्ने निर्वाचन आयोग र मुख्य दलहरूको चर्को आलोचना गरे ।
कार्यक्रममा यूवराज सफलले थ्रेस होल्डको बिरोध नभएर राष्ट्रवादीहरूको एकता भएको बताउदै भने, ‘पार्टीको झण्डा, निर्वाचन चिन्ह लगायत अन्य सैद्धान्तिक कुराहरूको बारेमा एकता महाधिवेशन पनि निर्णय गर्नेछौं ।’ सफलले राष्ट्रिय जनमोर्चा र नेकपा मालेलाई पनि एकीकरणमा बाँधिन अपील गरेका छन् ।
Previous Articleम्यादी प्रहरीको भर्नामा युवाहरुको घुईचो
Next Article जीप दुर्घटनामा एकको मृत्यु