बागलुङ, १३ चैत – नेकपा माओबादी केन्द्र निकट अनेम सघं क्रान्तिकारीले आज बागलुङ नगर सम्मेलन सम्पन्न गरेको छ । गाउँ, नगर घरघर जाऔ, क्रान्तिकारी महिला संगठनलाई सुदिढ गरौ भन्ने नारासाथ नगर सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनले टिका बिकको अध्यक्षतामा २१ सदस्यीय अनेम सघं क्रान्तिकारी नगर कमिटी गठन गरेको छ । समितिको उपाध्यक्षमा जशोधा शर्मा, बिजुला उपाध्याय, सचिव ललिता थापा, सहसचिव चेत कुमारी शर्मा र कोषाध्यक्षमा नन्दकली श्रेष्ठ रहनुभएको छ ।
त्यसैगरी समितिका सदस्यहरुमा साबित्रि किसान, मायां थापा, यमुना पाठक, यमुना बिश्वकर्मा, श्रीमायां बिश्वकर्मा, कुमारी बिश्वकर्मा,शुसिला शर्मा, दुर्गादेबी शर्मा,शान्ति शर्मा, नारायणी देबी राजभण्डारी, सुमित्रा राना, गिता, खड्का, हिरा कुमारी बिश्वकर्मा,सुनिता शर्मा र उजेली बिक रहेका छन् । त्यसैगरी सम्मेलनले १ सदस्य पछि थाप गर्ने गरी सरस्वती शर्मा, कोपिला कंडेल, बिष्णु बोहोरा र गंगा पराजुली रहेको ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । सम्मेलनको उद्घाटन अनेम सघं क्रान्तिकारीका केन्द्रिय सचिव एवम् बागलुङ जिल्ला ईन्चार्ज भबिकला रोकाले गरेकी थिइन ।
सो अवसरमा बोल्दै उनले जनयुद्धको बलिदान र त्याग बाट नेपाली महिलाहरुले ठुलो उपलब्धी हाशिल गरेको दाबी गरिन । माओबादीले जनयुद्ध गर्नाले मात्र मुलुकमा संघियता गणतन्त्र समावेसी र समानुपातिक लगायतका ऐजेण्डा स्थापित भएको चर्चा गर्दै महिला नेतृ रोकाले स्थानिय निकायको निर्वाचनमा महिलाहरुको उत्साह जनक सहभागिता हुनुपर्नेमा जोड दिइन । उनले जनयुद्ध र जनआन्दोलन बाट प्राप्त उपलब्धीलाई संस्थागत गर्नका लागि संबिधानको कार्यान्वयन हुनुपर्ने बताइन ।
सो अवसरमा नेकपा माओबादी केन्द्रका केन्द्रिय सम्मेलन आयोजक समिति सदस्य एबं नगर ईन्चार्ज निर्मल श्रेष्ठ, अनेम सघं क्रान्तिकारीका केन्द्रिय सदस्य एबं जिल्ला अध्यक्ष कुशुम बुढा, केन्द्रिय सम्मेलन आयोजक समितिका सदस्य एबं नगर संयोजक कुमार बिक्रम क्षेत्री, केन्द्रिय सम्मेलन आयोजक समिति सदस्य चेत नारायण पौडेल संकल्प, टिका बिक, राम बहादुर बिक र प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य कोपिला कंडेल लगायतले बोलेका थिए ।
कार्यक्रम बेपत्ता परिवार समाज बागलुङका अध्यक्ष जशोदा शर्माको अध्यक्षता, बिजुला उपाध्यायको स्वागत मन्तब्य र कल्पना शर्माको संचालनमा सम्पन्न भएको थियो ।
Previous Articleएमालेको निर्वाचन केन्द्रित अभियान
Next Article बलेवामा निःशुल्क स्वास्थ्य शिविर