बागलुङ, १३ चैत – नेकपा एमालेका पूर्व केन्द्रिय सदस्य रामजी प्रसाद शर्माले सिहंदरवारको अधिकार गाँउ तहमा ल्याउनका लागि स्थानीय तहको निर्वाचन महत्वपूर्ण कडी हुने वताएका छन । नेकपा एमाले बागलुङ नगरपालिका समन्वय कमिटीले शनिवार सदरमुकाममा आयोजना गरेको पार्टी कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा अवको निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बन्नबाट कसैले रोक्न नसक्ने वताए । उनले निर्वाचनमा सम्पूर्ण शक्तिका साथ अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिए ।
कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले जनताको घरदैलोमा पुगेर निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई विजयी गराउने अभियानमा लाग्न कार्यकर्ताहरुलाई आब्हान गरे । सो अवसरमा मन्तब्य राख्दै प्रदेश कमिटीका सदस्य जनकराज पौडेल, गीता शर्मा, पार्टी जिल्ला कमिटीका उपाध्यक्ष कृष्ण पाठक, जिल्ला सचिवालय सदस्य गणेश थापा, प्रेस चौतारीका केन्द्रिय सचिव रामकृष्ण शर्मा, निजामती कर्मचारी संगठनका घनश्याम सापकोटाले आगामी निर्वाचन, पार्टी कार्यकर्ताको भूमिका र दायित्वका वारेमा मन्तब्य राखेका थिए ।
भेलाले गोविन्द गौतमको संयोजकमा ५५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरी निर्वाचन समबन्धि कार्ययोजना निर्माण गरेको संयोजक गौतमले वताए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकालाई स्वागत गरिएको थियो । पार्टी नगर समन्वय कमिटीका संयोजक गोविन्द गौतमको अध्यक्षतामा समपन्न कार्यक्रमको सञ्चालन भरत पुरीले र स्वागत धनवहादुर परियारले गरेका थिए । यसैगरी नेकपा एमाले जैमिनी नगरपालिकामा पनि पार्टी कार्यकर्ताभेला तथा प्रशिक्षण शनिवार समपन्न भएको छ । भेलामा मन्तब्य राख्दै नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य भूपेन्द्र थापाले राष्ट्रवादी आन्दोलनमा सरिक हुन र आगामी निर्वाचनमा नेकपा एमालेलाई विजयी गराउने अभियानमा लाग्न सम्पूर्ण कार्यकर्तालाई निर्देशन दिए ।
जैमिनी नगर समन्वय कमिटीको आयोजनामा भएको कार्यक्रममा पूर्व जिल्ला पार्टी अध्यक्ष श्रीप्रसाद शर्मा, युवा नेता सूर्य पाठक, जिल्ला कमिटीका सचिवालय सदस्य सावित्रा रानाले आगामी निर्वाचन, पार्टी कार्यकर्ताको दायित्व र संघियताको सवालमा प्रशिक्षणमूलक मन्तब्य दिएका थिए । नगर समन्य कमिटीका संयोजक भूपाल चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत जिल्ला कमिटी सदस्य वद्री ढुंगानाले र सञ्चालन राजु केसीले गरेका थिए । भेलाले भूपाल चालिसेको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरी निर्वाचन केन्द्रित कार्ययोजना निर्माण गरेको छ । सोही अवसरमा एमालेको जैमिनी नगरपालिका पार्टी कार्यालयको उदघाटन प्रमुख अतिथि भूपेन्द्र थापाले गरे । अव सोही कार्यालयबाट एमालेका सम्पूर्ण गतिविधी अगाडि बढ्ने संयोजक चालिसेले वताए ।
गल्कोट नगरमा एमालेले अगुवा कार्यकर्ता भेला
नेकपा एमालेकी वैकल्पीक केन्द्रीय सदस्य मन कुमारी केसीले अब हुन लागेको स्थानीय निकायको चुनावमा एमालेलाई जित दिलाउँनको लागि सवै कार्यकर्ताहरु एक भएर लाग्नको लागि अनुरोध गरेकी छिन् । शनिबार गल्कोट नगरपालिकाको हटियामा सम्पन्न अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै केसीले एमालेलाई जिल्लाकै पहिलो पाटी गराउनको लागि सवै अगुवा कार्यकर्ताहरुलाई अब निर्वाचनमा केन्द्रीत हुनको लागि अनुरोध गरेकी हुन ।
कार्यक्रममा नेकपा एमाले बागलुङका सचिव लाल बहादुर थापा, जिल्ला कमिटि सदस्य बुल बहादुर केसी, जिल्ला कमिटी सदस्य रत्न भण्डारी, सल्लाहकार परिषदका सदस्य याम बहादुर श्रीष लगायतले आफ्नो भनाई राखेका थिए । उक्त कार्यक्रममा बुल बहादुर केसी संयोजक र ओम बहादुर सुनार उपसंयोजक रहेको १ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ । यस्तै निर्वाचनको लागि आर्थिक उपसमिति, प्रचारप्रसार उपसमिति, स्वयंसेवक उपसमिति पनि गठन गरेको छ । नगर संयोजक डम्बर सिंहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत कृष्ण राना र संचालन राम खत्रीले गरेका थिए ।
यसैबीच, नेकपा एमालेका केन्द्रिय सदस्य गोविन्द नेपालीले संविधान संसोधन प्रस्ताव महिला दलित तथा जनजाति विरोधि भएको दावी गरेका छन् । भारतको इसारामा गर्न लागिएको संसोधन एमालेले मान्न नसक्ने भन्दै उनले काग्रेस र माओवादीले शान्त वन्दै गएको मधेस आन्दोलनलाई उचाल्न लागेको आरोप लगाए । शनिबार वडिगाड गाउँपालीका स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई ग्वालीचौरमा सम्वोधन गर्दै नेपालीले एमाललेले ५१ साल देखि सरकारमा रहँदा गरेको कामको मात्रै जानकारी गराएपनि जनताले एमालेलाई भोट दिने दावी गरे ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदस्य प्रेम खरेल, संघिय मामिला विभागका केन्द्रिय सदस्य शुनिल शेरचन, नेकपा एमाले जिल्ला कमिटि उपसचिव विष्णु भुसाल लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो कार्यक्रममा माओवादी र कांग्रेस कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । कार्यक्रममा वडिगाड गाउँपालिका का प्रत्येक वार्डवाट संगठनको अवस्थाको वारेमा छलफल भएको थियो । सोहि अनुरुप वार्ड नं. १ र २ को तर्फवाट प्रयास पौडेल, ३ वाट खड्क पुन, ४ वाट प्रेम गलामी, ५ वाट कमलराज आचार्य, ६ र ७ वाट कृष्ण भट्टराई, ८ वाट जिवन प्रकाश काउचा र ९ र १० को कृष्ण केसिले रिपोर्टिङ गरेका थिए ।
भेलाले वडिगाड गाउँपालिकामा निर्वाचन जित्ने आँकलन गरेको छ । त्यस्तै भेला पछि नेकपा एमाले गाउँपालिका कार्यालयको समेत उद्घाटन गरिएको छ । कार्यक्रम नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा वडिगाड गाउँपालिकाका उपसंयोजक तिर्थमणि भुसालको अध्यक्षता तथा जिल्ला कमिटि सदस्य ढालेन्द्र शेरचनको संचालनमा सम्पन्न भएको थियो ।