बागलुङ, १३ चैत – नेकपा माओबादी केन्द्रका नेता तथा प्रदेश नं. ४ का ईन्चार्ज देव गुरुङले जनयुद्ध र माओबादी आन्दोलनका कारण मुलुक अहिलेको अवस्थामा आएको दावी गरेका छन् ।
नेकपा माओबादी केन्द्र गलकोट नगर कमिटीको प्रथम अधिवेशनमा बोल्दै नेता गुरुङले देश बचाउने कार्यभार नेकपा माओबादी केन्द्रको भएको बताएका छन् । पूर्व स्थानिय विकास मन्त्री समेत रहेका नेता गुरुङले सबैले अपनत्व महशुष गर्ने गरि साझा देश बनाउनुपर्ने बताए ।
उनले सबै जात जाति भाषाभाषि बर्ग समुुदायले आफ्नो अधिकार प्राप्त गर्ने बातबारण निमार्ण गर्न स्थानीय निबाचन अपरिहार्य रहेको बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र पोलिटब्यूरो सदस्य लिल थापा मगर, पोलिटब्युरो सदस्य फमलाल न्युरे, जिल्ला ईन्चार्ज चन्द्र बुढा सागर, नेकपा माओवादी केन्द्र केन्द्रिय सल्लाहकार क्यापटेन पूर्ण बहादुर राना, महाधिवेशन आयोजक समिति सदस्य ज्ञामनाथ गैरे अनिल, नेपाली काँग्रेसका जिल्ला सदस्य फम बहादुर खत्री, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य पदम श्रेष्ठ, महिला नेतृ दिपा रोका, वाई सिएलका केन्द्रिय सदस्य नरेश केसीले शुभकामना राखेका थिए ।
सो अवसरमा चर्चित लोकदोहोरी गायक विष्णु खत्रीले सांगितिक प्रस्तुति प्रस्तुत गरेका थिए । सम्मेलन बाजागाजा तथा झाँकी सहितको ¥यालीले गलकोट नगरपालीका बाड नं ३ हटिया बजार परिक्रमा गरि उद्घाटन समारोहमा परिणत भएको थियो ।
अहिले गलकोट नगरको नयां नेतृत्बको लागी बन्द सञ चलीरहेको नेकपा माओबादी केन्द्रले जनाएको छ । नगर सम्मेलनको गलकोट नगरपालीकाका सहईन्चार्ज गंगा भुजेलको अध्यक्षता, उपसह ईन्चार्ज तिलक उप्रतिको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Article२०७३ चैत १३ गते आईतबारको राशिफल
Next Article एमालेको निर्वाचन केन्द्रित अभियान