बागलुङ, १२ चैत – बागलुङ नगरपालिकाका नवआगन्तुक कार्यकारी अधिकृत सुवास लामिछानेले नगरको बिकासमा राजनीतिक दलको सहकार्यमा काम गर्ने बताएका छन् ।
पत्रकार सम्मेलन गरेर उनले दलहरुको सहमति र नगरवासिको भावना अनुसार काम गर्ने बताएका हुन् । उनले स्थानीय तहको निर्वाचन आइरहेकोले दुरगामी प्रभावपार्ने काम भन्दा पनि तत्कालका आवस्यकतालाई बढी जोड दिने बताए । यसअघि भवन निर्माण संहिता र मापदण्ड प्रति बढेको विवादलाई उनले तत्काल स्थगित गरेर अन्य काममा ध्यान दिने पनि बताए । ‘मापदण्ड विपरित बनेका घर भत्काउने मेरो योजना छैन’ उनले भने, ‘यो उपयुक्त समय पनि होइन, आवस्यकताको आधारमा पछि मापदण्ड आँफै लागू हुँदै जानेछ ।’
उनले नगरपालिकामा थपिएका साविक गाविसलाई नगरको अनुभूति दिनुपर्ने, सबै स्थानमा सहज यातायातको व्यवस्था गर्नुपर्ने लगायतको जिम्मेवारीमा नगरले आफ्नो काम अगाडि बढाउने पनि उनले बताए । राजनीतिक दल, नागरिक, कर्मचारी र संचारकर्मीको सहकार्यमा नगरको विकास संभव भएको पनि उनले बताए । नगरभित्रको सडक, नाली स्तरउन्नती गरेर सफा र सभ्य नगर निर्माणमा अगाडि बढ्ने पनि उनको प्रतिवद्धता थियो । नगरपालिका भित्रका कर्मचारीकै कारण अस्तव्यस्त बनेका योजनालाई सही मार्गमा ल्याउन पहल गर्ने पनि उनलयरस्े बताए ।
कर्मचारीले नाम नराखिकन विभिन्न अन्य संस्थामा काम गरेर पैसा कमाउने धन्दा गरेको पाइएको तर कारवाही गर्ने प्रमाण नभेटिएको उनले टिप्पणी गरे । नक्सापासमा आएको समस्यालाई पनि छिटै समाधान गर्ने योजना बनाएको उनले बताए । नगरपालिकाका योजना अधिकृत युक्तप्रसाद सुवेदीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Previous Articleविश्व क्षयरोग दिवस मनाईयो
Next Article २४ स्रष्टाका प्रेमकथा एउटै पुस्तकमा