बागलुङ, १२ चैत – यो वर्ष बागलुङ जिल्लामा एक सय ४ जना क्षयरोगका बिरामी फेला परेका छन ।
जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङक अनुसार आर्थिक बर्ष २०७३/७४ को हालसम्ममा ७४ जना पुरुष र ३० जना महिला क्षयरोगका बिरामी रहेका छन । जिल्लाको दगान्तुडाडामा सबै भन्दा बढि १४ जनामा यो रोग देखिएको जिल्ला स्वास्थ्य कार्यालयका क्षयकुष्ठ सुपरभाईजनर देवप्रकाश घिमिरेले जानकारी दिए । जिल्लामा हाल ८ वटा क्षयरोग केन्द्र अन्र्तगत बाटाकाचौर, बुर्तिबाङ, कुश्मिसेरा, हरिचौर, बोहोरागाउँ, आरोग्य मेडिकल खरबाङ जिल्ला स्वास्थ्य कार्यालय र धौलागिरी अंचल अस्पतालमा क्षयरोगको खकार परिक्षण हुदै आएको छ ।
जिल्लामा सम्पुर्ण स्वास्थ्य सेवाबाट यस रोगको उपचारका लागि औषधी वितरण भै रहेको छ । गत बर्षको तथ्याङ अनुसार जिल्लाका जलजला, दगान्तुडाडा, ग्वालीचौर,बुत्र्तिवाङ ,बोवाङ र दर्लिङलाई बढि क्षयरोगका बिरामी रहेका जिल्ला जनस्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपकप्रसाद तिवारीले बताए । नेपालको कुल जनसङख्या मध्य करिव ८० हजार व्यक्ति क्षयरोगबाट प्रभाववित छन । प्रत्येक बर्ष ४४ हजार नयाँ बिरामी थपिने अनुमान गरिदै आइएको छ । पाँच हजार देखि ७ हजार सम्म क्षयरोगको कारण मानिसको मृत्यु हुने गरेको तथ्याङकले देखाएको छ । यसै बीच ‘क्षयरोग अन्त्यका लागि एक हौ’ भन्ने नाराका साथ शुक्रवार बागलुङमा पनि विश्व क्षयरोग दिवस मनाईएको छ ।
दिवसको अवसरमा बागलुङ कारागारमा रहेका बन्दी र निर्णयघाटमा रहेको बृद्धाश्रमका जेष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । शिविरमा कारागारमा ७७ जनाको स्वास्थ्य परिक्षण तथा क्षयरोगका लागि खकार जाँच गरिएको थियो जसमध्ये ६६ जना पुरुष ११ जना महिलाको स्वास्थ्य परिक्षण गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालयको आयोजना धौलागिरी अंचल अस्पतालको प्राविधिक सहयोगमा संचालित शिविरमा युआरएल ल्याब पोखराको पनि सहयोग रहेको थियो । त्यसै गरी निर्णयघाटमा रहेको बृद्धाश्रममा २४ जना जेष्ठ नागरिकको क्षयरोगको खकार तथा अन्य स्वास्थ्यपनि जाँच गरिएको थियो ।
कार्यक्रममा बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी धुव्र गिरीले क्षयरोग न्युनिकरणमा सबैको चासो आवस्यक भएको बताए । कार्यक्रममा धौलागिरी अंचल अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सागरकुमार राजभण्डारीले क्षयरोगको बारेमा जानकारी दिएका थिए ।
शिविरमा मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सागरकुमार राजभण्डारी, जनस्वास्थ्य निरिक्षक रामप्रसाद खनाल, ल्याब टेक्निसियन अनन्त न्यौपाने डिल्ली प्रसाद आचार्य, कृष्ण बहादुर भण्डारी लगायतले सहजीकरण गरेका थिए । कार्यक्रम तथ्याङक सहायक घनश्याम सापकोटाको संचालनमा सम्पन्न भएको ।
Previous Articleव्याडमिन्टन प्रतियोगिताको फाइनल आज हुँदै
Next Article ‘नगर विकासमा सहकार्य’