म्याग्दी, १२ चैत – जिल्लाको बेनीमा सञ्चालीत चौथो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाईनल शनिबार हुने भएको छ ।
काठमाडौको गंगटा युवा क्लबको आयोजनामा बुधबारदेखि सुरु भएको सर्वाधिक धनराशीको प्रतियोगिताको बिहीबारसम्म सेमी फाईनल खेल सकिएको छ । २३ जोडी सहभागी पुरुष डबलतर्फ नेपाल पुलीस कल्वका अनिस श्रेष्ठ र गौरब दाहाल तथा त्रिभुवन आर्मीका सुरज मर्हजन र राम राई फाईनलमा प्रवेश गरेका क्लवका उपाध्यक्ष योगेन्द्र गुरुङले जानकारी दिए ।
यसैगरी २२ जना सहभागी पुरुष एकलमा त्रिभुवन आर्मीका रत्नजित तामाङ र नवीन श्रेष्ठ, महिला एकलमा त्रिभुवन आर्मीकै नङसल तामा र जेसीका गुरु, पुरुष एकल अण्डर सेभेन्टिनतर्फ त्रिभुवनका प्रफुल्ल मर्हजन र काठमाडौका प्रिन्स दाहाल फाईनल प्रवेश गरेका छन् । त्यस्तै समुह बि मा झक शर्मा र गणेश छन्त्याल बुर्तिवाङ र रमेश बस्नेत र सुरज श्रेष्ठ कुस्मा फाइनलमा प्रवेश गरेका छन् ।
४५ बर्षभन्दा माथिका भेट्रान्स डबलमा बागलुङका निर्माणकुमार श्रेष्ठ र चन्द्रकुवेर खापुङ तथा आयोजक गंगटा युथ कल्वका श्याम पराजुली र नविनबाबु श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । मिस्क डबलतर्फ त्रिभुवन आर्मी कल्वका सुरज मर्हजन र नङसल तामाङ तथा कास्कीका बिशाल खड्का र यामकुमारी गुरुङको जोडीबिच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा स्थानीय सहित सात वटा बिधामा देशभरका दुई सय जना भन्दा बढी खेलाडीहरुले सहभागीता जनाएका छन् ।
प्रतियोगिताको पुरुष डवलतर्फ बिजेताका लागि नगद एक लाख रुपैया पुरस्कारको व्यवस्था गरिएको छ । प्रथमलाई पचास हजार देखि एक लाख, द्वितियलाई २५ देखि पचास र तृतियलाई २५ देखि ५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजक गंगटा युथ क्लबका महासचिव दलप्रसाद गौचनले जानकारी दिए ।