म्याग्दी, ११ चैत – जिल्लामा द्वन्द्व पीडितको सवाल र संक्रमणकालिन न्याय संभावित रणनीतिबारे छलफल कार्यक्रम सम्पन्न भएको छ । संक्रमणकालिन न्याय र द्धन्द्ध पीडितको भावी सवाल र मुद्दाहरुबारे छलफल गरि पत्ता लगाउने उद्देश्यले सत्कर्म नेपाल र द्धन्द्ध पीडित अधिकार समाजको आयोजनामा छलफल कार्यक्रम सम्पन्न भएको हो ।
छलफलमा पीडितको न्याय प्रकृयाको चाहाना स्तरिकरण, परिपुरण रणनिति, न्याय पाउनु पर्ने, र स्मरणका कार्य आय आर्जन सहित, एकिकृत कार्यक्रमको आवाश्यकता भएको द्धन्द्ध पीडित, सुरेन्द्र केसीले बताए । यसैगरि, बेनी आक्रमणमां परेर हाल सम्म राहात नपाएका कृष्णलाल श्रेष्ठले राहत परिपुरण सिफारिसका लागि आयोग र मन्त्रालय सम्म पीडित परिचालन गरि न्याय सुनिश्चित गर्नु पर्नेे बताए । पीडितहरुले दुर्गम क्षेत्रमा रहेका पीडितको न्याय परिपुरणमां पहुच अभिबृद्धि गर्न आवश्यक रहेकोमा जोड दिएका थिए ।
सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगले समयमा काम नगरे झनै द्वन्द्व हुने बताएका थिए । कार्यक्रम द्वन्द्व पीडित समाजका उपाध्यक्ष, नरससिंह केसीको अध्यक्षता, सत्कर्म नेपालका कार्यक्रम अधिकृत, श्रीकृष्ण पौडेलको संचालन र कार्यकारी निर्देशक सिताराम थापाको सहजिकरणमा सम्पन्न भएको थियो
Previous Articleगुल्मीका दुई नगरपालिकामा कांग्रेस-एमाले प्रतिस्पर्धा
Next Article जिल्लालाई लागु औषध नियन्त्रित जिल्ला बनाउने