बागलुङ, ११ चैत – समाजमा बढ्दो दुव्र्यसन नियन्त्रणका लागि प्रहरी र नागरिकबीचको सहकार्यलाई अगाडि बढाउने उद्देश्यका साथ बागलुङमा जिल्लास्तरीय लागु औषध नियन्त्रण समिति गठन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयको संयोजनमा बागलुङमा भएको सरोकारवालाहरुको छलफलले प्रहरी कार्यालय नै संयोजक रहने गरि जिल्लास्तरीय लागु औषध नियन्त्रण समिति गठन गरेको हो । समितिमा जिल्लामा लागु औषध दुव्र्यसन नियन्त्रण र पुनस्थापनाका क्षेत्रमा क्रियाशिल विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु, आमा समुहका प्रतिनिधिहरु सहितको सहभागिता रहने बताइएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सहायक कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक अनिलकुमार खड्काको संयोजकत्वमा गठित समितिका सदस्यमा जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि खेमप्रसाद आचार्य, जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि चुडामणी कंडेल, नेपाल पत्रकार महासंघका प्रतिनिधि विजय राना रहेका छन् ।
त्यसै गरि समितिमा दुव्र्यसन सम्बन्धी काम गर्ने संघ संस्थाको तर्फबाट आदर्श सञ्चार सहकारी संस्थाका प्रतिनिधि रामबहादुर जि.सी., नयाँ जिवन पुनस्थापना केन्द्र बागलुङका प्रतिनिधि सञ्जय खड्का, सामुदायिक प्रहरी सेवा केन्द्र रामरेखाका प्रतिनिधि दुर्गाबहादुर आचार्य, आमा समुहका तर्फबाट देउराली आमा समुहका प्रतिनिधि कौशिला थापा तथा सदस्य सचिवमा जिल्ला प्रहरी कार्यालयका लागु औषध नियन्त्रण अधिकारी प्रहरी सहायक निरीक्षक विदुरप्रसाद तिमिल्सिना रहेका छन् ।
समितिले जिल्ला स्थित सरोकारवालाहरुबीच समन्वय गरी लागु औषधको खेती र उत्पादनमा नियन्त्रण, लागु औषध ओसार पसार, सञ्चय, भण्डारण तथा खरिद विक्रीमा नियन्त्रण, लागु औषध दुव्र्यसन सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन लगायतका काम गर्ने सदस्य सचिव विदुरप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
लागु औषध अपराध अनुसन्धान, नियन्त्रण गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा परेका असर न्यूनिकरण, समाजमा विद्यमान विकृति विसंगती हटाई समुन्नत समाजको विकास गर्ने लक्ष्यका साथ जिल्ला स्तरीय समिति गठन गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । लागु औषध नियन्त्रण कार्ययोजना २०७३ अनुसार जिल्ला प्रहरी कार्यालयका सहायक कार्यालय प्रमुखको संयोजकत्वमा ९ सदस्यीय जिल्ला स्तरीय लागु औषध नियन्त्रण समिति गठन गर्ने प्रवाधन रहेको छ । सोही प्रावधान अनुसार बागलुङ जिल्लालाई लागु औषध नियन्त्रित जिल्ला बनाउने लक्ष्यका साथ समिति गठन गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक अनिलकुमार खड्काले जानकारी दिए ।
बागलुङमा विभिन्न संघ संस्थाहरुले दुव्र्यसन नियन्त्रणका लागि विभिन्न खाले जनचेतनामुलक कार्यक्रम तथा पुस्थापना सम्बन्धी गतिविधि सञ्चालन गर्दै आइरहेका छन् । सरकारले चुरोट तथा सूर्तिजन्य पदार्थको विक्री वितरण रोक्नका लागि ल्याएको कार्यक्रमलाइृ प्रभावकारी बनाउन समितिले पहल कदमी लिनु पर्ने समितिका सदस्य जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि चुडामणी कंडेलले बताए ।
Previous Articleद्वन्द्वपीडितको सवाल र संक्रमणकालिन न्याय
Next Article म्याग्दीमा ७२ वटा मतदान स्थल