म्याग्दी, ९ चैत – सदरमुकाम बेनी बजारमा बुधबार देखी सुरु हुने राष्ट्रिय स्तरको व्याडमिन्टन प्रतियोगिताको उद्घाटनमा यूवा तथा खेलकुद मन्त्री दलजित श्रीपाईली आउने भएका छन् ।
म्याग्दीका युवाहरुको नेतृत्वमा काठमाण्डौमा स्थापित गंगटा युथ क्लबको आयोजनामा बुधाबारदेखी बेनीमा चौथो खुल्ला राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको उद्घाटनमा आउने पक्कापक्की भएको क्लवका अध्यक्ष रेमश पुनले बताए । ‘प्रतियोगिताका लागि ठुलो उपलब्ध हुनेछ । जिल्लाको सम्रग खेलकुदका बारेमा समेत जानकारी गराउने अवसर मिल्ने छ’ उनले भने । प्रतियोगिताका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ ।
खेलकुद मन्त्रीको उपस्थितीमा हुन लागेको प्रतियोगितालाई भब्य बनाउन जिल्ला खेलकुद विकास समितिले समेत सक्रियतापुर्वक सहभागिता जनाएको छ । समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माका अनुसार जिल्लाको खेलकुदमा आर्थिक अभावदेखी नयाँ कार्यक्रमको माग सहित विविध विषयमा समेत जानकारी गराउने तयारी भइरहेको छ ।
प्रतियोगिताको उद्घाटन पुर्व बेनीबजार परिक्रममा पछि कालीपुलस्थित कवड हलको बाहिर उद्घाटन कार्यक्रम गरिने छ । आर्थिक संकलन, प्रचारप्रसार, अन्र्तरक्रिया, छलफल लगाएतका गतिविधिहरुलाई तिब्रता दिइएको राष्ट्रिय स्तरका व्यवसायिक र विभागीय टोलिका खेलाडिहरु समेत सहभागि हुने आयोजकले जनाएको छ । क्लब स्थापना संगै काठमाण्डौमा निरन्तर रुपमा आयोजना गर्दै आएको प्रतियोगितालाई यसपटक म्याग्दीमा आयोजना गर्ने लागिएको छ । बुधबार विहानसम्म सहभागि खेलाडीको टुंगो लाग्ने छ । विभिन्न पाँचवटा विधाका खेलमा महिला र पुरुषको सहभागिता हुने छ ।
प्रतियोगितामा पुरुष, महिला एकल, पुरुष डवल, १७ बर्ष मुनिको पुरुष लगाएत जिल्लास्तरका खेलाडी विच समेत खेल हुने छ । सर्वाधिक धनराशीको प्रतियोगितामा विभिन्न विधामा प्रथम पुरस्कार १ लाख देखी ५० हजार, द्धितिय ५० देखी २५ हजार, तृतिय २५ देखी ५ हजारसम्म रहेको छ । पुरुष डवलमा सर्वाधिक १ लाख पुरस्कार रहेको गंगटा युथ क्लबले जानकारी दिएको छ ।
Previous Articleवाईसिएल म्याग्दीको नयाँ नेतृत्व चयन
Next Article दुई कारणले बढ्यो चैतमा चिसो