म्याग्दी, ९ चैत – नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग (वाईसीएल)को सोमबार बेनीमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट भोजबहादुर थापा (कुमार)को अध्यक्षतामा नयाँ कमिटी निर्वाचित भएको छ ।
३५ सदस्यीय कमिटीको उपाध्यक्षहरुमा नगेन्द्र केसी, दोरण शेरचन, सविन रोका, खुम पुन र ईन्द्र थापा रहेका छन् । सचिवमा सन्दिप खत्री, सहसचिवमा गिता पुन, कोषाध्यक्षमा बालकृष्ण पुर्जा, लेखा संयोजकमा यादव सुवेदी र अनुशासन संयोजकमा सुरविर पुन रहेका छन् ।
सदस्यहरुमा कृष्ण पौडेल, सुरेन्द्र भण्डारी, किसान जिसी, राजकुमार पाण्डे, कृष्ण फगामी, रमेश पुन, सुरेन्द्र घर्ती, राकेश थापा, प्रकाश थापा, देव गर्बुजा, प्रदिप तिलीजा, सन्दिप कार्की, उत्तम जुक्जाली, सुरेश तिलीजा, प्रेम लामगाडे, जिवन केसी, दानबहादुर मगर, सन्तोष रेग्मी लगायत रहेका छन् । सम्मेलनको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका नेता तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)का प्रमुख राजनितिक सल्लाहकार चक्रपाणी खनाल (वलदेव)ले सरकारले आगामी बैशाख ३१ हुन लागेको स्थानीय तह निर्वाचनको राजनितिक वातावरण बनाउन जोड दिएको बताए ।
उनले मधेश केन्द्रित दलहरुलाई सहमतीमा ल्याउन प्रयास गरीरहेको बताए । संबिधानमा उल्लेखीत जनताको अधिकार स्थापीत गराउन निर्वाचनको विकल्प नभएकाले चुनावमा सक्रिय हुन कार्यकर्तालाई निर्देशन दिए ।
पिछडीएका, जनजाती, दलित, महिलालाई एकतावद्ध गरी उनिहरुको अधिकार स्थापित गराउने काम माओवादीले गरेको उनले बताए ।
Previous Articleवन डढेलो नियन्त्रण गर्न व्यवस्थाको कमी
Next Article राष्ट्रिय व्याडमिन्टन आजदेखि शुरु हुँदै