काठमाडौं, ९ चैत – चैतको दोस्रो साता लागिसक्दा पनि जाडो घट्नुको साटो बढेको छ । बिहान घाम लागे पनि चिसो हुने र दिउँसो घरि घाम लाग्ने र घरि बादल छाउने भएपछि नागरिकले बाक्ला ज्याकेट फुकाल्न सकेका छैनन् ।
मौसमविद्ले चैतको सुरुमा परेको पानी र त्यसपछिको स्थानीय सिस्टमका कारण राजधानी लगायतका ठाउमा चिसो बढेको बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रवी प्रधानाङ्गका अनुसार चैतको पहिलो साता पश्चिमी वायूको प्रभावले देशभरि वर्षा र हिमपात भएको थियो त्यसैको असर हो, अहिलेको जाडो ।
‘राजधानी नजिकका हिमाल र अग्ला ठाउँमा परेको हिउँहुँदै अहिले राजधानीमा हावा आइरहेको छ’, प्रधानाङ्गले भने, ‘चिसो बोेकेको उत्तर पश्चिमी वायूले बिहानपख चिसो बढाएको छ ।’ त्यस्तै प्रि मनुसुन अवधि सुरु भइसकेकाले स्थानीय सिस्टमका कारण बादल लाग्ने र बदली हुने भएकाले दिउँसो चर्को घाम लाग्न सकेको छैन ।
‘दिउँसो घाम नलागेकाले जमीनको सतहले धेरै ताप सोस्न सक्दैन, अर्काेतिर राति आकाश खुलेपछि हिमालबाट आउने हावाले सतहलाई झन चिसो बनाउँछ’, प्रधानाङ्गले भने ।
Previous Articleराष्ट्रिय व्याडमिन्टन आजदेखि शुरु हुँदै
Next Article कता हराए भँगेरा ?