बागलुङ, ८ चैत
नयाँ शक्ति पार्टी नेपाल जिल्ला कार्यकारी समितिले संघीय संरचना अनुसार नयाँ पार्टी संगठन निर्माण तथा विस्तार गरेको छ ।
नयाँ शक्ति पार्टी नेपाल जिल्ला समिति बागलुङको समोबार सम्पन्न बैठकले ४ नगरपालिका र ६ गाउँपालिकामा संघीय संरचना अनुसार संगठन निर्माण गर्ने निर्णय गरेको हो ।
बैठकले बागलुङ नगरपालिका उत्प्रेरक बाजुकाजी केसी र अर्जुन खत्रि संयोजक, जैमुनि नगरपालिका उत्प्रेरक कृष्ण सापकोटा, गलकोट नगरपालिका बम बहादुर गुरुङ, ढोरपाटन नगरपालिका चित्र सापकोटा र टेक बहादुर कुवर, काठेखोला गाउपालिका उत्प्रेरक संयोजक एक बहादुर केसि संगम, बरेङ गाउपालिका कृष्ण सापकोटा र चेत बहादुर थापा, ताराखोला गाउपालिका बम बहादुर गुरुङ र इन्द्रलाल कडेल, तमान गाउपालिकामा कुशल बुढामगर, मनोज विक, निसी खोला गाउपालिकामा कुशल बुढामगर, बडि गाउपालिका चित्र सापकोटालाई जिम्मेवारी प्रदान गरेको छ । त्यस्तै बैठकले तोकिएका उत्प्रेरक तथा संयोजनको नेतृत्वलाई चैत्र ८ गते देखि १४ गतेसम्म पहिलो चरणको संगठन निर्माण अभियान संचालन गर्ने निर्णय गरेको नयाँ शक्ति पार्टी नेपाल जिल्ला संयोजक चित्र सापकोटाले जानकारी दिए ।
बैठकले मनोज विक,प्रकाश केसि, शंकर कुवँर, टेक बहादुर कुवँर, गोपाल विक, चुडामणि भुसाल, कृष्ण शर्मा, इन्द्रलाल कडेल, महेन्द्र शर्मालाई प्रदेश नम्बर ४ को परिषदमा सिफारिस गरेको जिल्ला प्रचार प्रसार प्रमुख कृष्ण सापकोटाले बताए । साथै विवेक जिशी, ललित सिर्पाली, सावित्रा पुन, विष्णु विक र इन्द्रा शर्मालाई युुवा तथा विद्यार्थी मोचा जिल्ल परिषदमा थप गर्ने निर्णय गरेको नयाँ शक्ति पार्टी नेपाल बागलुङले जनाएको छ ।
Previous Articleनिर्वाचनमा १ हजार कर्मचारी
Next Article राप्रपाद्वारा निर्वाचन कार्यालय घेराउ