बागलुङ, ८ चैत – राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङले निर्वाचन आयोगले पार्टीको आधारभुत मान्यतालाई नै खारेज गरेको भन्दै जिल्ला निर्वाचन कार्यालय घेराउ गरेको छ ।
पार्टी कार्यालयवाट निस्केको जुलुसले निर्वाचन कार्यालयमा पुगेर निर्वाचन अधिकारी बिकासचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउदै एक घण्टा कार्यालय घेराउ गरेको राप्रपाका जिल्ला अध्यक्ष सुरेन्द्र खड्काले जनाकारी दिए । ध्यानाकर्षण पत्रमा निर्वाचन आयोगले विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्णय गरेर पार्टीको औचित्य माथी नै गम्भीर प्रश्न खडा गरेकाले उक्त निर्णय तत्काल पुर्नबिचार गर्न दबाव दिन देशव्यापी कार्यक्रम अन्र्तगत निर्वाचन कार्यालय घेराउ सहित ध्यानाकर्षण गराइएको अध्यक्ष खड्काले बताए ।
विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने बिषयमा निर्वाचन आयोगले चैत २ गते गरेको निर्णय नेपालको संविधान २०७२ को मर्म र भावना बिपरित भएको भन्दै तुरुन्त सच्चाउन माग पनि गरेको छ । संविधान निर्माणका क्रममा केहि बिषयहरुमा फरक मत भएता पनि संविधान कार्यन्वयनमा पार्टीले खेलेको भुमिका महत्वपूर्ण भएको भन्दै पार्टीको बिद्यान परिवर्तन गर्ने गरि भएको निर्णको पुर्नविचार गर्न आयागालाई आग्रह गरेको छ ।
ज्ञापन पत्र बुझेपछि निर्वाचन अधिकृत पौडेलले ज्ञापन पत्रलाई तत्काल सम्वन्धीत निकायमा पठाउने प्रतिवद्धता व्यक्त गर्दै सरकारले स्थानिय तहको निर्वाचन घोषणा गरिसकेकाले निर्वाचनलाई भयरहित बातावरणमा सम्पन्न गर्न सहयोग पु¥याउन आग्रह गरेका थिए ।
सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले धर्म निरपेक्षतालाई हटाएर हिन्दु राष्ट्र बनाउनु पर्ने प्रस्ताव सहित संविधान संशोधन प्रस्ताव दर्ता समेत गरेको छ । संशोधन प्रस्तावमा धर्मनिनरपेक्षको सट्टा पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र हुनुपर्ने उल्लेख गरिएको छ ।
Previous Articleसंघिय संरचना अनुसार नयाँ शक्तिको संगठन निर्माण
Next Article कांग्रेस र एमालेबीच बिरासतको लडाई