बागलुङ, ७ चैत – आसन्न निर्वाचन लक्षित गरेर एमाले बागलुङको सचिवालय बैठकले विभिन्न निर्णय गरी गाउँ र नगरपालिकामा विभिन्न व्यक्तिलाई जिम्मेवारी दिएको छ ।
नयाँ संरचना अनुसारका भूगोलमा नामाबली रहेका पदाधिकारी र सदस्यलाई गाउँ र नगर कमिटिका जिम्मेवाी दिएको हो । चैत ६ गतेको बैठकले बागलुङ नगर संगठन कमिटिमा गोविन्दराज गौतम र सह संयोजकमा धनबहादुर परियार, जैमिनी नगरमा भूपाल चालिसेलाई संयोजक र होमनाथ सापकोटालाई सह संयोजक,गलकोट नगरमा डम्बर श्रीषलाई संयोजक र गुञ्जबहादुर थापालाई सह संयोजक तथा ढोरपाटन नगरमा लक्ष्मण पुनलाई संयोजक र केशर छन्त्याललाई सह संयोजकको जिम्मेवारी दिइएको पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
उक्त समितिले आवस्यक उमेदवारको चयनमा पनि विशेष भूमिका राख्ने पार्टीले बतायो । पार्टी अध्यक्ष इन्द्रलाल सापकोटाको अध्यक्षतामा बसेको बैठकले काठेखोला गाउँपालिकामा डिल्लीराज गौतम र हुमकुमारी जिसी, बडिगाढमा शान्ति अधिकारी र तीर्थमणी भूषाल, ताराखोलामा संजय श्रेष्ठ, बरेङमा धनिश्वर पौडेल, तमानखोलामा उदिम छन्त्याल, निसीखोलामा रुद्र पौडेललाई जिम्मेवारी दिइएको हो । बैठकले चैत १२ गते बानपा, जैमिनी, गलकोट, काठेखोला, बडिगाढमा भेला तथा प्रशिक्षण गर्ने, १४ गते ढोरपाटन,ताराखोला र बरेङमा तथा १५ गते तमान र निसीखोलामा भेला गर्ने निर्णय गरेको सचिव लालबहादुर थापाले जानकारी दिए ।
साथै गल्कोटका बुलबहादुर केसी र अन्य पार्टीबाट प्रवेश गरेका फणिन्द्र थापा, झविन्द्र बुढा, प्रेम गलामीलाई जिल्ला कमिटिमा मनोनित गरेको उपाध्यक्ष कृष्ण पाठकले वताए ।
Previous Articleकुश्मा–बलेवा जोड्ने यान्त्रिक पुलमा तालाबन्दी
Next Article २०७३ चैत ७ गते सोमबारको राशिफल