पर्वत, ७ चैत – कुश्मा–बलेवा यान्त्रिक पुलमा स्थानीयबासीले तालाबन्दी गरेका छन् । सरकारबाट कर छुटको सहुलियत पाए पनि एकाएक भाडा दर बढाएको भन्दै बलेवाबासीले यान्त्रिक पुलको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
तालाबन्दी पछि एक सातादेखि यान्त्रिक पुलमा आवतजावत ठप्प बनेको छ । मनोमानि तरिकाले भाडादर बृद्धि गरी पुलका शेयर सदस्यहरु कमिशन खाने चक्करका लागि जनतालाई सास्ती दिन खोजेको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् । यान्त्रिक पुलले चैथ १ गतेदेखि लागू हुने गरी ३३ प्रतिशत नघटने गरी भाडा बृद्धि गरेको थियो । आधा किलोमिटरको यात्रा ४ मिनेटमा पार गर्न १ सय २५ रुपैयाँसम्मको भाडा निर्धारण गरेको कम्पनीको विरुद्धमा बलेवा क्षेत्रका महिला समूहको अग्रसरतामा तालाबन्दी गरिएको हो ।
स्थानीयका लागि साविकका रु. ७५ रहेको रु. १०० र अन्यत्रका लागि रु. १ सय रहेकामा रु. १ सय २५ लिने गरी भाडावृद्धि गरेको थियो ।
यसैगरी मासिक रुपमा आउने व्यक्तिका लागि रु. दुई हजार भाडा रहेकामा अहिले बढाएर रु. दुई हजार ५०० पुर्रुयाइएको छ । भने रु. एक हजार ८०० मासिक तिरेर यात्रा गर्ने विद्यार्थीहरुको भाडा बढाएर अहिले रु. २ हजार पुर्रुयाइएको कम्पनीले जनाएको छ ।
Previous Articleनेकपा माओवादी केन्द्र ढोरपाटन नगरपालिका २ को बैठक सकियो
Next Article एमालेले खटायो गाउँ र नगरपालिका प्रतिनिधी