बागलुङ, ६ चैत – आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले सञ्चालन गरेको दुव्र्यसन विरुद्ध आमाहरु अभियान अन्तरगत शनिबार लहरेपिपलमा कार्यक्रम गरिएको छ ।
भोलीको मुलुक हाँँक्ने युवा पुस्ता कुलतमा लागेर उर्जा विहिन बन्ने अवस्थाको अन्त्यका लागि परिवार र त्यसमा पनि आमाको भूमिका प्रभावकारी हुने भएकाले अभियान सञ्चालन गरिएको संस्थाले जनाएको छ ।
अभियानका क्रममा युवा युवतीहरुलाई दुव्र्यसनबाट टाढै राख्नका लागि परिवारको भूमिकाका बारेमा व्याख्या गर्दै प्रहरी उपरीक्षक खापुङले छोराछोरीको उचित रेखदेख गर्न, खराब व्यक्तिको संगतमा पर्न नदिन, उनीहरुका दैनिक क्रियाकलापका बारेमा जानकारी लिन, गलत क्रियाकलापमा लागि सकेको भए माया दिएर सुधारमा लाग्न सुझाव दिइएको आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक रामबहादुर जिसीले बताए ।
Previous Articleसाँस्कृतिक महोत्सवको तयारी तीव्र गतिमा
Next Article चैत्राष्टमी कप फुटबल प्रतियोगिता हुँदै