बागलुङ, ६ चैत – जिल्लाको बेनीस्थित खुल्ला मंचमा आयोजना गरिएको धौलागिरि साँस्कृतिक महोत्सवको तयारी तिव्र पारिएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान धौलागिरि अञ्चल समितिको आयोजनामा चैत १० गते देखि २० गतेसम्म संचालन हुन लागेको महोत्सवको तयारी तिव्र पारिएको हो । तयारी स्वरुप धौलागिरिका सवै जिल्लामा प्रचार प्रचार अभियान संचालन गरिएको प्रतिष्ठानका महासचिव तथा प्रचार प्रसार समितिका सयोजक पूर्ण परियारले जनाकारी दिए ।
उनले बजारका बिभिन्न स्थानमा पोस्टर टाँस्ने, व्यानर टाङ्ने अभियानलाई तिव्रता दिएको बताए ।
सो अभियान स्वरुप शनिबार बागलुङमा पनि जिल्ला प्रतिष्ठानको संयोजनमा बजारका बिभिन्न स्थानमा पोस्टर टाँस्ने, व्यानर टाङ्ने काम गरिएको प्रचार प्रसार समितिका सदस्य एवँ जिल्ला सचिव ताराप्रसाद शर्माले जानकारी दिए । यसैबिच जिल्ला प्रतिष्ठानले पनि महोत्सवलाई सफल पार्नका लागि आफ्नो भुमिकालाई तिव्रता दिएको अध्यक्ष किरण थापाले बताए ।
१० दिन सम्म संचालन हुने कार्यक्रममा धौलागिरि अञ्चलका ३ दर्जन बढि लोक तथा दोहोरी कलाकारहरुको प्रस्तुती, हाँस्य कलाकारहरुको प्रस्तुती, बाल उद्यान, रमाइलो मेला, खुल्ला लोक तथा दोहोरी गित प्रतियोगिता आकर्षणको रुपमा रहेको प्रतिष्ठान धौलागिरिका अध्यक्ष राजेन्द्र सापकोटाले जानकारी दिए ।
त्यसैगरि सालैजो नृत्य प्रतियोगिता, मौलीक झाँकी प्रदर्शन, भजन प्रतियोगिता, धौलागिरि अञ्चल स्तरीय खुल्ला नृत्य, अञ्चल स्तरीय महिला भलिवल प्रतियोगिता लगाएत बिभिन्न खानाका परिकारहरु स्टलको रुपमा राखिने बताइएको छ ।
Previous Articleताराखोला गाउँपालिकाको केन्द्र भातखाने डाँडामा
Next Article दुव्र्यसनविरुद्व आमा अभियान