बागलुङ, ६ चैत – जिल्लाको ताराखोला गाँउपालिकाको अर्गल भातखाने डाडाँमा शनिवार औपचारिक उद्घाटन गरिएको छ ।
गाउँपालिकाको कार्यालयको उद्घाटन ताराखोला गाउपालिकाका निमित्त कार्यकारी प्रमुख खड्कबहादुर थापाले गरेका थिए । तारा गाउँपालिका वार्ड ३ का सचिव समेत रहनुभएका थापाले कार्यालय ब्यबस्थापन तथा प्राबिधिक बिषयको ब्यबस्थापन गर्ने अबधि सम्मका लागी गाउपालिकाको कार्य बागलुङबाट सम्पादन हुने जानकारी दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका पुर्व महासमिती सदस्य सदस्य डन्डपाणि कंडेल, नेकपा एमालेका जिल्ला सचिबालय सदस्य सञ्जयकुमार श्रेष्ठ, नेकपा माओबादी केन्द्रका गाउपालिका ईन्चार्ज धनबहादुर बिक, संघिय समाजबादी फोरमका निवर्तमान जिल्ला अध्यक्ष यमबहादुर घर्ती, जनजाती प्रतिनिधी लालबहादुर रोका, महिला प्रतिनिधी फुलमाया पुन, दलित प्रतिनिधी गोबिन्द परियार र समाजसेवी अमृता घर्ति लगायतले बोलेका थिए ।
कार्यक्रम तारखोला गाउपालिकाका निमित्त कार्यकारी प्रमुख खड्कबहादुर थापाको अध्यक्षता, वडा नं २ का सचिब दोर्णराज पौड्यालको स्वागत र बाड नं ४ र ५ का सचिव तेजराज गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleमुस्कान सहितका गुण्डा !
Next Article साँस्कृतिक महोत्सवको तयारी तीव्र गतिमा