‘छिमेकीसंग आफ्ना सवाल दृढतापूर्वक राखौं । कहीनेर सही कुरा गर्दा पनि छिमेकी रिसाउँछ की भन्न नलागौं,’ उनले भने, ‘आफ्नो मुलुकको हितमा छ की छैन् । आफ्ना मुलुकका बहुसंख्यक जनता के चाहन्छन् । त्यसमा ख्याल राखौं ।’
पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफ्नो सरकारले भारतीय नाकाबन्दीविरुद्ध दृढतापूर्वक उभिएर बिना शर्तमा नाकाबन्दी खुलाएको टिप्पणी गरे । उनले भने, ‘नाकाबन्दीविरुद्ध दृढतापूर्वक उभियौं । भारत बाध्य भएर नाकाबन्दी हटाउन तयार भयो । अनि, ऐतिहासिक महत्वका सम्झौता पनि गर्यौं ।’ कञ्चनपुरको पुनर्वासमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) द्धारा मारिएका गोविन्द गौतमका परिवारलाई भारतीय पक्षबाट क्षतिपूर्ति दिलाउन र भारत सरकारलाई माफी माग्न लगाउनतर्फ सरकारले कुनै पहल नगरेको बताए ।
एमालेको जनलहरदेखि अत्तालिएर वर्तमान सरकार चुनाव गराउन डराइरहेको बताए । ‘कहिलेसम्म डराउने, डराएर कहाँ जाने ? चुनाव आउँछ–आउँछ , चुनाव आएपछि के हुन्छ ? सबैलाई थाहा छ,’ उनले भने, ‘एमाले भिजन र काम गर्ने सक्ने पार्टी भएकाले जनताले पत्याउने अवस्था छ । त्यही देखेर सरकार अत्तालियो ।’
कांग्रेसप्रति कडा रुपमा प्रस्तुत भएका ओलीले जनताले ०४६, ०५६ र ०७० का निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाएपनि उसका लागि बहुमत बाँदरको हातमा नरिवल भएको टिप्पणी गरे । कांग्रेसलाई खप्पर नभएको संज्ञा दिदै उनले भने, ‘आँखा कमजोर भएकाले चश्मा लगाउन सकिन्छ र खप्पर कमजोर भएकालाई चश्माको के काम ?’ ओलीले कांग्रेसको कन्तबिजोग देखेर आफूलाई दया लाग्ने गरेको बताए ।
उनले संक्रमणकाल टुंग्याएर मुुलुकलाई छिटो सम्वृद्धिको बाटोमा लैजान जरुरी रहेको बताए । निर्वाचन बिना संविधान कार्यान्वयन असम्भव भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बैशाख ३१ गते तोकिएको स्थानीय तह निर्वाचन गरेर देखाउन आग्रह गरे । ‘सरकारले खुट्टा कमाउन मिल्दैन् । जुनसुकै हालतमा पनि निर्वाचन गर्नुपर्छ’ ओलीले भने, ‘यदि सरकारले गराउन नसके एमालेले त्यसका विरुद्ध कडा कदम चाल्नेछ ।’
अधिकारको गफ धेरै नगरौं – नेपाल
सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ संविधानले सब जात–जाति, वर्ग समुदायलाई प्रशस्त अधिकार दिएकाले अब अधिकारकै कुरा गरेर समय खेर फाल्न नहुने बताए । ‘अब आर्थिक विकासमा केन्द्रित होऔं । अधिकारसंगै कर्तव्य पालना गरेर मुलुकको सम्वृद्धिमा लागौं’ उनले भने ।
वरिष्ठ नेता नेपालले मेची महाकाली अभियानका क्रममा आफूहरुले मधेसी जनता स्थानीय निर्वाचनका लागि भोट हाल्न आतुर भएको बताए । ‘केहीले विरोध गर्दैमा मधेसमा भ्रम उत्पन्न भएको छ । वास्तविकता त्यस्तो होइन्’ उनले भने, ‘मधेसी मोर्चाले विरोध गरेको छ भनेर खुट्टा कमाउने काम नहोस् ।’ यदि चुनाव गराउन नसके प्रचण्डलाई सत्ता छाड्नसमेत आग्रह गरे ।
अर्का वक्ता एमाले महासचिव ईश्वर पोखरेलले संविधान कार्यान्वयनको बाधक छिमेकी मुलुक भारत भएको आरोप लगाए । ‘आफ्नो आदेशमा बिना संविधान कार्यान्वयन नगर भन्यो । हामीले जबरजस्ती घोषणा गर्यौं,’ पोखरेलले भने, ‘त्यसपछि कार्यान्वयन हुन रोक्दैछ । उनले संविधान संशोधन बेमौसमको राग भन्दै त्यसलाई चुनाव रोक्न ल्याइएको बताए ।
उनले कांग्रेस–माओवादीलाई अर्काको भरिया बनेर सरकार सञ्चालन नगर्न आग्रह गरे । सन्देश सभामा प्रदेश नम्बर ६ का १० वटै जिल्लाका नेता/कार्यकर्ता तथा हजारौं सर्वसाधारण झांकीसहित सहभागी भएका थिए ।
देशका विरुद्ध प्रस्ताव आउँदा ‘हस हजूर’ भन्न छाडौं – ओली
Previous Articleयोगी आदित्यनाथ उत्तर प्रदेशको मुख्यमन्त्री
Next Article २०७३ चैत ६ गते आईतबारको राशिफल