बागलुङ, ५ चैत – जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक चन्द्र कुवेर खापुङले समाजमा फैलदै गएको दुव्र्यसन नियन्त्रणका लागि बालबालिकाहरुलाई रचनात्मक क्रियाकलापमा लगाउनु पर्नेमा जोड दिएका छन् ।
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले सञ्चालन गरेको दुव्र्यसन विरुद्ध आमाहरु अभियान अन्तरगत शुक्रवार तग्राम गाविसमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । भोली मुलुक हाँँक्ने युवा पुस्ता कुलतमा लागेर उर्जाविहिन बन्ने अवस्थाको अन्त्यका लागि परिवार र त्यसमा पनि आमाको भूमिका प्रभावकारी हुने उनको भनाई थियो ।
युवा युवतीहरुलाई दुव्र्यसनबाट टाढै राख्नका लागि परिवारको भूमिकाका बारेमा व्याख्या गर्दै प्रहरी उपरीक्षक खापुङले छोराछोरीको उचित रेखदेख गर्न, खराब व्यक्तिको संसर्ग पर्न नदिन, उनीहरुका दैनिक क्रियाकलापमका बारेमा जानकारी लिन, गलत क्रियाकलापमा लागि सकेको भए माया दिएर सुधारमा लाग्न सुझाव दिएका थिए ।
शान्त र सभ्य समाज निर्माणका लागि परिवार, समाज, प्रहरी लगायत आम सरोकारवालाहरुले युवा पुस्तालाई सकारात्मक क्रियाकलापमा लाग्न प्रेरि गर्नु पर्नेमा जोड दिदै उनले युवा पुस्ता दुव्र्यसनमा फस्यो भने भोलीको मुलुक आर्थिक, सामाजिक तथा सांस्कृतिक हिसावले कमजोर हुने धारणा व्यक्त गरे । सुनगाभा वचत तथा ऋण सहकारी संस्था लिमिटेड तंग्रामको संयोजनमा भएको कार्यक्रममा तंग्राममा रहेका ७ वटा विभिन्न सहकारी संस्था आवद्ध महिलाहरु सहित एक सय ५० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा आदर्श सञ्चार सहकारी र समग्र सहकारीको बारेमा जानकारी गराउदै संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले दुव्र्यसन रोक्न सकेमा वचतमा वृद्धि गरी आयस्तर माथि उठाउन सकिने धारणा राखेका थिए ।
कार्यक्रममा काठेखोला गाउँपालिका वडा न.ं ४ का सचिव पहलमान थापा, आदर्श सञ्चार सहकारी संस्थाका सल्लाहकार डिलबहादुर कार्की, नेपाल पत्रकार महासंघ बागलुङका सचिव राम थापा अविरल, धारा मावि तंग्रामका प्रधानाध्यापक विष्णुबहादुर थापा, दलित सञ्जाल तंग्रामका टिका संगम विक, वडा नागरिक मञ्चका थीरबहादुर राना, प्रगतिशिल वचत तथा ऋण सहकारी संस्थाका सचिव पार्वती थापा, आदर्श सञ्चार सहकारी संस्थाका शेयर सदस्य यामबहादुर पुन, सुनगाभा वचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्य प्रसिद्धकुमार पुन लगायतले दुव्र्यसन सम्बन्धी अभियानले आम जनतामा यसबाट वच्न र सचेतना प्रदान गर्न सहजता प्रदान गरेको धारणा राखेका थिए ।
कार्यक्रम आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष अम्मरबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष अञ्जु जिसीको सञ्चालन र सुनगाभा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गिरबहादुर पुनको स्वागतमा सम्पन्न भएको थियो । सहकारीको सामाजिक उत्तरदायित्व अन्तरगत यस आर्थिक वर्षमा दुव्र्यसन विरुद्ध आमाहरु अभियान अन्तगत २० वटा कार्यक्रम गर्ने लक्ष्य आदर्श सञ्चार सहकारीले लिएको छ ।
बागलुङ नगरपालिकाका ११ वटा वडा र ७ वटा गाविसमा सञ्चालन गरिने कार्यक्रम अन्तरगत ८ वटा कार्यक्रम सम्पन्न भइसकेको उपाध्यक्ष अञ्जु जिसीले जानकारी दिइन ।
Previous Articleस्थानिय तहको चुनावमा ६ प्रकारका मतपत्र
Next Article कथा – सिट नम्बर ५ की लड्की