भारत, ५ चैत – भारत उत्तर प्रदेशको राजधानी लखनउसँग जोडिएको उन्नाव जिल्लाको एक गाउँमा बलात्कारको गम्भीर घटना सार्बजनिक भएको छ ।
बलात्कारका अभियुक्तका भाइले पीडित युवतीको दुबै आँखा फुटाइदिएका छन् । अभियुक्तका परिवारका सदस्यहरुले पीडित परिवारलाई बलात्कारको मुद्दा फिर्ता लिन दबाव दिइरहेका छन् ।
उत्तर प्रदेश पुलिस महानिर्देशक जावीद अहमदले लखनउमा पत्रकारहरुलाई भने, ‘यो घटना निकै गम्भीर छ र आरोपीहरुलाई छिट्टै पक्रेर कडा सजाय दिलाइनेछ ।’
‘दुबै आँखाको दृष्टि सायद फर्किंदैन’
घटना उन्नावको बलदेव खेडा गाउँको हो । जहाँ १९ वर्षकी युवती बिहान घरबाट करिब १ सय मिटर टाढा शौचका लागि गएको बेला बलात्कृत भइन् ।
उनी घर फर्किन ढिला गरेपछि परिवारका सदस्यहरु खोज्न निस्किए । उनी खेतमा घाइते अवस्थामा फेला परिन् ।
परिवारका सदस्यहरुले शुरुमा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगे । त्यहाँबाट उन्नाव जिल्ला अस्पतालमा पठाइयो । उन्नाव जिल्ला अस्पतालले उनलाई कानपुरको सबैभन्दा ठूलो जिल्ला अस्पतालमा रिफर ग¥यो ।अवस्था गम्भीर भएकाले त्यहाँबाट कानपुरको एक निजी अस्पतालमा युवतीलाई लगियो ।
उपचारमा संलग्न डाक्टरले नाम नबताउने सर्तमा जानकारी दिएअनुसार उपचारपछि युवतीको स्वास्थ्यमा केही सुधार त आएको छ तर, दुबै आँखाको दृष्टि सम्भवत फर्किने छैन । उन्नावका पुलिस क्षेत्राधिकारी अशोक सिंहले भने, ‘युवतीमाथि आक्रमण पुत्तन नामको व्यक्तिले आफ्नो साथीसँग मिलेर गरेको हो ।’
‘आँखाबाट रगत बगिरहेको थियो’
पीडित युवतीको बुवाका अनुसार अभियुक्त मुन्नाको भाई पुत्तन र उसका तीन साथीहरु मिलेर छोरीलाई सुरुमा बाँसले पिटे । त्यसपछि हात खुट्टा समातेर आँखामा रोपे । उनले भने, ‘जब छोरीलाई हामीले फेला पा¥यौं, उसको दुबै आँखाबाट रगत बगिरहेको थियो । पूरै शरीरमा घाउ चोट थियो ।’ युवतीको बुवाका अनुसार पुत्तनले युवतीलाई डर धम्की दिएर उजुरी फिर्ता लिन दबाव दिइरहेको थियो ।
उनले भने, ‘म कम्तिमा आठ पटक पुलिस थाना पुगें र अधिकारीहरुलाई भनें– मलाई र मेरो परिवारलाई धम्की आइरहेको छ तर पुलिसले मेरो कुरा सुनेन । न त उनीहरुलाई कारबाही ग¥यो । हार मानेर मैले पनि पुलिसमा उजुरी गर्न बन्द गरें ।’ पीडित युवती उन्नावको एक कलेजमा स्नातक तह अध्ययनरत छात्रा हुन् र उनको बुवा एक सामान्य किसान हुन् ।
‘युवतीलाई सामूहिक बलात्कार’
प्रहरीका अनुसार यी युवती यसअघि पनि बलात्कृत भएकी थिइन् । उनले १५ मई सन् २०१५ मा आफ्नो घर छेउँमा चौपाया चराइरहेकी थिइन् । त्यतिबेला छिमेकी जोधाखेडा गाउँका दुई व्यक्ति मुन्ना र मतईले उनलाई सामूहिक बलात्कार गरे ।
परिवारका सदस्यका अनुसार पहिले त प्रहरीले उजुरी लिन आनाकानी ग¥यो तर जब स्वास्थ्य परीक्षण गर्दा बलात्कारको पुष्टि भयो तब प्रहरीले उजुरी दर्ता ग¥यो । तर संदिग्ध व्यक्ति करिब दुई महिनासम्म फरार रहे ।
प्रहरीले उनीहरुलाई १० जुलाई सन् २०१५ मा पक्राउ गरु¥यो । त्यसबेलादेखि ती दुबै अभियुक्तहरु उन्नाव जेलमा छन् ।
बलात्कारपछि बच्चाको जन्म
बलात्कृत भएपछि गर्भ रह्यो । ती युवतीले एक बच्चालाई जन्म दिइन् तर करिब एक महिनापछि बच्चाको मृत्यु भयो ।
उन्नावकी प्रहरी अधिक्षक नेहा पाण्डेले भनिन्, ‘युवतीको बयान लिएका छौं । उनका आँखामा गम्भीर घाउ छ । हामी कोशिश गरिरहेका छौं कि उनलाई राम्रो उपचार मिलोस् ।’
–बीबीसी हिन्दीबाट
Previous Articleकांग्रेस म्याग्दीको सचिवमा कार्की
Next Article ‘मौवाफाँट केन्द्र नभए बेनी नगरपालिकामा जान्छौ’