म्याग्दी, ५ चैत – नेपाली काँग्रेस म्याग्दीको सचिवमा मिनबहादुर कार्कीलाई मनोनित गरिएको छ । शुक्रबार बसेको जिल्ला कार्यसमितिको बैठकमा सभापति खम्बीर गर्बुजाले गरेको प्रस्तावमा सर्वसम्मति अनुमोदन गरिएको जिल्ला कार्यसमिति सदस्य अजय मिलन श्रेष्ठले बताए ।
बेनी नगरपालिका–२ बगरफाँटका कार्की अघिल्लो कार्यकालमा समेत मनोनित तर्फबाट सचिवमा कार्यरत थिए । कांग्रेसको विधानमा निर्वाचित चार जना सदस्यबाट उपसभापति, सचिव र सहसचिव मनोनित गर्ने प्रावधान रहेको छ ।
तत्कालिन समयमा स्वर्गिय नारायण सिंह पुनले खोलेको समता पार्टीमा सक्रिय रहेका कार्कीले जिल्लामा रहेको पार्टीलाई कांग्रेसमा विलय गराएका थिए । ०७२ साल फागुन १० गते भएको जिल्ला अधिवेशनबाट खुल्लातर्फ निर्वाचित भएकाहरुबाट मनोनित गर्नुपर्ने भएपनि मनोनित पदमा आकाँक्षी धेरै भएपछि सभापति गर्बुजालाई समस्या भएको थियो ।
खुल्ला माधव प्रसाद रेग्मी, केवी भण्डारी, ओम छन्त्याल, महिलातर्फ अमृत देवी बानियाँ, याम कुमारी गर्बुजा र सावित्री बरुवाल, दलिततर्फ मनकुमारी विश्वकर्मा, अल्पसंख्यबाट कमल छन्त्याल,आदिबासी जनजातिबाट रेकबहादुर पुनले मनोनित पदका लागि दावी प्रस्तुत गर्न पाउने विधानमा उल्लेख छ ।
केहीमहिना विदेश भ्रमणमा गएका सभापति गर्बुजाले कार्यवाहक सभापतिमा केबी भण्डारीलाई जिम्मेबारी सुम्पिएपछि उपसभापतिमा उनको चर्चा सुरु भएको थियो । भण्डारीले निर्वाचित सदस्यमा धेरै मत ल्याएकाले उपसभापतिमा आफ्नो हक रहेको बताउँदै आएका छन् । यता अघिल्लो कार्यकाल निर्वाचित सचिवबाट पार्टीमा सक्रिय भएका माधवप्रसाद रेग्मीले समेत उपसभापतिमा आफ्नो दावेदारी प्रस्तुत गरिरहेका छन् ।
हाल बेनी अस्पताल म्याग्दीको ब्यवस्थापन समितिको अध्यक्षको जिम्मेबारीमा रहेका रेग्मीले आफ्नो उपसभापतिमा दावी यथावत रहेको बतााएपछि सभापति गर्बुजालाई नियुक्ती गर्न समस्या भएको छ । उता निर्वाचनमा सचिवको प्रचारप्रसार गरिएका यूवानेता ओम छन्त्यालले सचिव पदमा सम्भावना नदेखिएपनि सहसचिवमा अडान छोडेका छैनन् । सहसचिवमा अमृतदेवी बानियाँको समेत दावी रहेको छ । एकैपटक मनोनित गर्दा अवरोध र विरोध हुने देखेपछि सभापति गर्बुजाले मनोनित पदमा समय अनुकुल हेरेर प्रस्ताव गर्ने गरेको स्रोतको भनाई छ ।
स्थानीय तहको निर्वाचन नजिकदै जाँदा पार्टीका महत्वपुर्ण पदमा मनोनित नहुदाँ पार्टीको चुनावी अभियानलाई समेत असर गर्न सक्ने भन्दै पार्टीमा मनोनितका लागि दवाव समेत दिइएको थियो । सभापति गर्बुजाले उपसभापति र सहसचिवमा कसलाई ल्याउने भन्नेमा अझै निर्णय लिन सकेका छैनन् । आफुँ निकट र सभापतिका हरेक अभियानमा संगै हिडेका भण्डारीलाई रोज्न पनि सजिलो छैन् ।
पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलका निकटका सभापतिका रुपमा चिनिएका गर्बुजाले निर्वतमान सभापति एवम् सांसद रेशम बहादुर बानियाँसंग आवश्यक परार्मश गरेर उपसभापति तोक्ने तयारीमा छन् ।
Previous Article२०७३ चैत ५ गते शनिबारको राशिफल
Next Article दाईले बलात्कार गरे, भाईले आ“खा फुटाईदिए !