बागलुङ, १ चैत – सामाजिक कार्यमा क्रियाशिल रोट्रयाक क्लव अफ बागलुङले रोट्रयाक सप्ताह सोमावरदेखि शुरु गरेको छ ।
रोट्रयाक क्लव अफ बागलुङले बिभिन्न कार्यक्रमको आयोजना गरि रोट्रयाक सप्ताह श्ुरु गरेको हो । सप्ताहको बागलुङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले उद्घाटन गरेका थिए । उद्घाटनपछि बोल्दै प्रमुख जिल्ला अधिकारी पाण्डेयले बिभिन्न रचनात्मक तथा सिर्जनात्मक कार्यक्रमको आयोजना गरि शुरु गरेको सप्ताहले समाजमा सकरात्मक सन्देश प्रवाह गर्ने बताए । स्वार्थ भन्दा माथि रहेर आपत बिपतमा परेका सवैलाई सहयोग गर्नुपर्नेमा उहाँले जोड दिए । कार्यक्रममा रोटरी क्लव अफ बागलुङका पूर्व अध्यक्ष गगनलाल शाक्य, प्रहरी उपरिक्षक चन्द्रकुवेर खापुङ, करसेवा कार्यालय बागलुङका प्रमुख सूर्यप्रसाद चापागाई, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष धनबहादुर परियार, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, बागलुङ जेसीजका अध्यक्ष जोहन बज्रचार्य र रोट्रयाक क्लव अफ बागलुङका पूर्व अध्यक्ष दिपेन्द्र घिमिरेले सप्ताह सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा आदर्श बिद्या मन्दिर उच्च मावि र न्यु ओइसीस एकेडेमीका इन्ट्रयाक क्लवका कलकारहरुले नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा आदर्श बिद्या मन्दिर उच्च मावि कक्षा युकेजीमा अध्यनरत श्रद्धा केसीले उत्कृष्ठ नृत्य प्रस्तुत गरेकी थिइन भने रोट्रयाक र इन्ट्रयाकका पदाधिकारी तथा सदस्यहरुले बिभिन्न प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रम क्लवका अध्यक्ष सुवास केसीको अध्यक्षता, आगामी अध्यक्ष नविन पन्तको धन्यावाद मंतव्य, सदस्य ताराप्रसाद शर्माको स्वागत र निर्देशक शिव केसीको संचालनमा सम्पन्न भएको कार्यक्रम संयोजक बलबहादुर थापाले जानकारी दिए । कार्यक्रम अन्तरगत सोमबार जेष्ठ नागरिकलाई फलफुल बितरण, २ गते शान्ति ¥याली, ३ गते लियो र रोट्रयाक क्लवबिच मैत्रीपूर्ण फुटसल, ४ गते बक्तृत्वकला प्रतियोगिता, ५ गते तालिम र ६ गते पुरस्कार तथा मायाको चिनो बितरण सहित समापनको कार्यक्रम रहेको अध्यक्ष सुवास केसीले जानकारी गराए ।
Previous Articleकञ्चनपुर घटनाले सिकाएको पाठ
Next Article आत्महत्या भनिएको युवकको हत्या भएको खुलासा